+
+

निर्माण व्यवसायीले भोलिदेखि प्रधानमन्त्री निवासमा धर्ना

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १४ गते १५:३७

१४ वैशाख,काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले आफ्ना मागहरू पूरा नभएको भन्दै भोलिदेखि प्रधानमन्त्री निवास बालुवाटारमै धर्ना दिने भएको छ ।
सार्वजनिक खरिद अनुगमन कार्यालयमा एक हप्तादेखि धर्ना दिईरहेका निर्माण व्यवसायीले माग पुरा नभएको भन्दै प्रधानमन्त्री निवास मै धर्ना दिने सुरु गर्न लागेको महासंघ अध्यक्ष रवि सिंहले जानकारी दिए ।

‘अब हामी भोलिबाट विहान ९ देखि १० बजेसम्म एकघण्टा बालुवाटार मै गएर धर्ना दिनेछौं, माग पुरा नभएसम्म धर्ना रोकिँदैन,’ सिंहले भने ।

बिमा समितिमा गरिरहेको धर्ना भने महासंघले स्थगित गरेको छ । बिमा निर्देशिका तत्कालको लागि स्थगित गर्ने सहमति भएसँगै बिमा समितिमा धर्ना रोकिएको सिंहले जानकारी दिए ।

व्यवसायीहरूले निर्माण सामग्रीमा भएको अत्यधिक मूल्यवृद्धि नियन्त्रण गर्नुपर्ने, निर्माण उद्योगमैत्री कानुन जारी गर्नुपर्ने लगायत माग राख्दै आन्दालोन गरिरहेका छन् ।
देशभरीका अतिआवश्यकबाहेक अन्य निर्माण सेवा समेत अवरुद्ध गरेर निर्माण व्यवसायीहरु आन्दोलित भएका छन् । निर्माण व्यवसायी संघमा साना ठूला गरी १७ हजार व्यवसायीहरु आवद्ध छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?