+
+

सूर्य चिन्हमा भोट माग्दै जोशी समूहका नेताहरु !

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १४ गते १७:४९

१४ वैशाख, तनहुँ । २०७४ को स्थानीय तह चुनावमा नेपाली कांग्रेसको टिकटबाट व्यास १ को वडासदस्य चुनिएका चुडामणि दाहाल यो पटक पनि उम्मेदवार छन् । यो पटक वडाध्यक्षमा उठेका उनीसँग २०७४ को चुनाव चिन्ह रुख छैन ।

व्यास २ का दीर्घबहादुर थापा पनि कांग्रेसका क्रियाशील सदस्य हुन् । उनी पनि वडाध्यक्षका उम्मेदवार हुन् । उनीहरु दुवै जना रुखमा हैन, सूर्यमा चिन्हमा भोट माग्न व्यस्त छन् ।

थापा र दाहालहरुले एमालेको चुनाव चिन्हमा भोट माग्नुको कारण हो, जोशी समूह र एमालेबीच तालमेल ।

नेपाली कांग्रेससँग असन्तुष्ट गोविन्दराज जोशी समूहले तनहुँमा नेकपा एमालेसँग तालमेल गरेको छ । प्रमुख, उपप्रमुख र वडाध्यक्ष पाएको पालिकामा जोशी समूहले स्वतन्त्र चुनाव चिन्ह लिने छ । वडा सदस्य मात्रै भएका ठाउँमा भने जोशी समूहका उम्मेदवारको पनि चुनाव चिन्ह पनि सूर्य नै छ ।

त्यसैले भोट माग्दा पनि साथमै छन् । जोशी समूहबाट व्यास १ को वडाअध्यक्ष उम्मेदवार बनेका दाहालले भने, ‘तालमेल भएपछि त भोट माग्न परिहाल्यो । मैले चाहिँ सूर्य चुनाव चिन्ह लिएको छैन, निर्वाचन कार्यालयले के दिन्छ त्यही लिने हो ।’

वडाध्यक्ष २ का उम्मेदवार थापा कांग्रेसबाटै वडाध्यक्ष लड्न चाहन्थे । तर पार्टीले टिकट दिएन ।त्यसपछि उनले एमालेसँग तालमेल गरेको जोशी समूह रोजे र वडाध्यक्षको उम्मेदवार बने । उम्मेदवार बनेका मात्र हैन, तनहुँमा कांग्रेस भनेर चिनिएका र सक्रिय भएर लागेका कृष्णप्रसाद भट्टराई, सूर्य अधिकारी, नोमा थापा, केशु गुरुङ, टेकबहादुर आले, भोज बहादुर आले, पुण्यप्रसाद भट्टराई, भेषबहादुर थापा, ओमबहादुर थापा, यमबहादुर थापा, चिरन थापा, मोती थापा, तीर्थ विक, सीताराम बानियाँ लगायतले जोशी समूहमा आएर भोट मागेका छन् ।

जोशी समूहबाट व्यास नगरपालिकामा प्रमुखमा दिपकराज जोशी उम्मेदवार छन् भने उपप्रमुखमा एमालेकी बसुन्धरा घर्ती ।

जोशी समूहले व्यासकै चार वटा वडाध्यक्ष पाउने सहमति अनुसार वडा नम्बर १, २, १२ र १४ वडाध्यक्षमा जोशी समूहलाई समर्थन गर्ने भन्दै एमालेले उम्मेदवार उठाएको छैन । बन्दीपुरको उपाध्यक्षमा जोशी समूहकी फूलमती थापा र वडा नम्बर २ को अध्यक्ष मा पनि जोशी समूहकै उम्मेदवार रहेका छन् ।

भानु नगरपालिकाको उपप्रमुखमा जोशी समूहका केशरबहादुर गुरुङसहित वडा नम्बर ५, ११ र १३ को वडाध्यक्षमा जोशी समूहकै उम्मेदवार छन् ।

आँबुखैरेनीमा वडा नम्बर २ र ५ को अध्यक्षमा जोशी समूहका उम्मेदवार छन् । जोशी समूहबाट वडाध्यक्षको उम्मेदवार रहेको ठाउँमा एक जना वडासदस्य जोशी समूहकै छन् । एमालेको वडाध्यक्ष भएको वडामा दुई जना वडासदस्य जोशी समूहका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?