+
+

बोदेबर्साइनको मेयरमा उम्मेदवारी दिएका चारजनाविरुद्ध उजुरी

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १४ गते १९:१२

१४ वैशाख, जनकपुरधाम । सप्तरीको बोदे बर्साइन नगरपालिका प्रमुखका लागि उम्मेदबारी दिएका चार जनाबिरुद्ध निर्वाचन कार्यालयमा उजुरी परेको छ ।

प्रमुख पदमा उम्मेदबारी दिएका जनता समाजवादी पार्टी (जसपा) का मेयर आतेश कुमार सिंह यादव, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अमरेन्द्र यादव, नेकपा एमालेका अनोज कुमार यादव र नेकपा माओवादी केन्द्रका मो. इस्लामबिरुद्ध उजुरी परेको हो । आतेश निवर्तमान प्रमुख पनि हुन् ।

आतेशले २०७४ सालको चुनावमा तत्कालिन संघीय समाजवादी फोरम नेपालबाट निर्वाचित हुँदा निर्वाचन खर्च नबुझाएको, नगर प्रमुखको पदमा रही आफू जिम्मा रहेको सामान फछ्र्याैट नगरेको र ज्यालादारी कर्मचारीको तलव भत्ता बेरुजु फर्छ्योट नगरेको उजुरीमा उल्लेख गरिएको छ ।

यस्तै, अमरेन्द्रले २०७४ सालको चुनावमा तमलोपाबाट उम्मेदबार हुँदा निर्वाचन खर्चको आयव्यय नबुझाएको र अनोजले २०७४ को निर्वाचनमा तत्कालिन तमलोपाबाट वडा नम्बर ३ को अध्यक्ष पदमा निर्वाचित भई निर्वाचन खर्च विवरण आयोगमा नबुझाएको उजुरीमा जनाइएको छ ।

इस्लामले २०७४ सालको निर्वाचनमा तत्कालिन बहुजन समाजवादी पार्टीबाट प्रतिस्पर्धा गर्दा र २०७४ सालको निर्वाचनमा क्षेत्र नम्बर ४ को एमालेबाट सभासद पदबाट उम्मेदबार बन्दा पनि खर्च विवरण निर्वाचन आयोगमा नबुझाएको बालेश्वर यादवले दिएको उजुरीमा उल्लेख छ ।

यस्तै, वडा नम्बर १० मा वडा अध्यक्षको उम्मेदबार बनेका सुनित कुमार यादवले नगरपालिकाबाट पाएको मोटरसाइकल फिर्ता नगरेको भन्दै मोलाकान्त यादवले उजुरी दिएका छन् । उनले प्रयोग गर्दै आएको स.१ ब. ९०५६ नम्बरको मोटरसाइकल घरबाट हराएको भन्दै आठौं नगरसभाबाट जिन्सी मिनाहा गरेको निर्णय गरेको छ ।

वडा नम्बर ४ मा वडाअध्यक्ष पदमा उम्मेदबारी दिएका किरण कुमार साह भने अवैद्य रक्तचन्दन काठ ओसारपसार मुद्दामा २०७२ साल चैत ८ गते अदालतले दोषी ठहर गरेको भन्दै सोही वडाका देबेन्द्र कुमार चौधरीले उम्मेदबारी खारजेको माग गर्दै उजुरी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?