+
+

लेडी-एक्सन फिल्म ‘आँधी तुफान २’को प्रदर्शन मिति तय

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १५ गते १४:३१

काठमाडौं । कोरोना महामारीको समयमा निर्माण गरिएको फिल्म ‘आँधी तुफान २’को प्रदर्शन मिति घोषणा भएको छ । बिहीबार फिल्मको पोस्टर सार्वजनिक गर्दै साउन २० गतेलाई रिलिज मिति तय गरिएको हो ।

लेडिज एक्सन फिल्मलाई नारीप्रधान बताइएको छ । मौनता श्रेष्ठको लेखन तथा निर्माण रहेको फिल्मलाई मदन घिमिरेले निर्देशन गरेका हुन् । यो फिल्म २०६३ सालमा निर्माण भएको फिल्मको ‘आँधी तुफान’को सिक्वेल हो ।

ओमसाई भक्त मुभी प्रालिको ब्यानरमा निर्माण भएको फिल्ममा रवि गिरी, पुष्कर राउत, सञ्चित भण्डारी, आरती आचार्य, सोनी बीसी, याङ्शु श्रेष्ठ, विन्दिया ठकुरी लगायतको अभिनय छ । साथै रुपा केसी, ऋचा थापा, चक्र राई, सञ्जय खतिवडा, कनिज कोइराला, सपना श्रेष्ठ, राजु घिमिरे, शत्रुधन अन्सारी, जोया बुढाथोकी, मुकेश कपाली, योचिना खड्गी, अची श्रेष्ठ, सुदीप आचार्य र बालकलाकार अरुण कालिराजलाई पनि फिल्मा देख्न सकिन्छ ।

फिल्ममा रामशरण उपे्रतीको छायांकन, कमल राई र अभि वाग्लेको कोरियोग्राफी, सुरेश अधिकारी र विक्रम थापाको संगीत रहेको छ भने मन्दिल श्रेष्ठले सम्पादन छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?