+
+

एक करोड ७७ लाख मतपत्र छापियो

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १५ गते १६:२३

१५ वैशाख, काठमाडौं । निर्वाचन आयोगले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि हालसम्म १ करोड ७७ लाख ७५ हजार मतपत्र छपाइ कार्य सम्पन्न गरेको छ ।

आयोगका अनुसार ७२ जिल्लाका लागि एक करोड ७७ लाख ७५ हजार थान मतपत्र छाप्ने काम सम्पन्न भइसकेको र हालसम्म ३३ जिल्लाका लागि ५१ लाख ८१ हजार मतपत्र ढुवानी गरिएको छ ।

मनोनयन अपडेट गर्ने क्रम अझै जारी रहेको भन्दै देशभरबाट बिहीबार ३:३० बजेसम्म एक लाख ५३ हजार २ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ  । जसमा प्रमुखमा ३ हजार ५१०, अध्यक्षमा ३ हजार ३८७, उपप्रमुखमा २ हजार १६८, उपाध्यक्षमा २ हजार ४०१, वडाअध्यक्ष ३५ हजार ३५३, महिला सदस्यमा २६ हजार ५३२, दलित महिला सदस्यमा २३ हजार ९३१ र सदस्यमा ५५ हजार ७२० जनाको मनोनयन दर्ता भएको छ ।

मतदान तथा निर्वाचनको काम गर्न २८ वैशाखदेखि ३० वैशाखसम्म मतदान स्थल र मतदान केन्द्र रहेका विद्यालयमा तीन दिनसम्म भौतिक रुपमा पठनपाठन बन्द गर्न सरकारसँग अनुरोध गर्ने निर्णय भएको आयोगले जनाएको छ । तीन दिन ती विद्यालयमा वैकल्पिक विधिबाट अध्ययन गर्ने व्यवस्था मिलाउन आयोगले भनेको छ ।

साथै मतदान केन्द्रका रुपमा प्रयोग हुने भवन उपलब्ध गराउन निर्वाचन आयोगले सरकारलाई पत्राचार गर्ने निर्णय गरेको छ ।

मतदानका दिन देशभर सार्वजनिक बिदा दिन मुख्यसचिव मार्फत नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय भएको आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?