+
+

मतदान केन्द्र भएका विद्यालयमा तीन दिन भौतिक रुपमा पठनपाठन बन्द गर्न आयोगको अनुरोध

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १५ गते १७:४५

१५ वैशाख, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि मतदान केन्द्र तोकिएका विद्यालयहरुमा तीन दिन भौतिक रुपमा पठनपाठन बन्द गर्न सरकारलाई अनुरोध गरेको छ ।

स्थानीय तह निर्वाचनका लागि मतदान तथा निर्वाचनसम्बन्धी व्यवस्थापकीय कार्य सञ्चालन गर्न मतदान स्थल तथा मतदान केन्द्र रहेको विद्यालयहरु २८ वैशाखदेखि ३० वैशाखसम्म उपयोग गर्नुपर्ने भन्दै आयोगले भौतिक उपस्थिति नगराउन र सो अवधिमा विद्यार्थीहरूलाई वैकल्पिक पद्धतिबाट पठनपाठनको व्यवस्था मिलाउन मुख्य सचिव मार्फत सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

निर्वाचन आयोगले स्थानीय तह निर्वाचन हुने दिन ३० वैशाखमा सार्वजनिक बिदा दिन पनि सरकार समक्ष अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?