+
+

पाँचदलीय गठबन्धन लुतो हो : ओली

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १५ गते १९:३३
केपी शर्मा ओली/फाइल तस्वीर

१५ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँचदलीय गठबन्धनलाई लुतोको संज्ञा दिएका छन् ।

एमालेको काठमाडौं महानगर कमिटीले बिहीबार राखेको कार्यक्रममा ओलीले कांग्रेस र गठबन्धनको चर्को आलोचना गरे । उनले भने, ‘पाँचदलीय गठबन्धन अलिक समय आएको लुतो हो । ठूलो घाउ पनि होइन । तर कतिबेला यता खुचखुच गर्छ, कतिबेला उता खुचखुच गर्छ । केही समयका निम्ति पीडा हो ।’

उनले अघि भने, यस पीडालाई हामीले निर्वाचनको माध्यमबाट पन्छाउनुपर्छ । लुतो पन्छाउने एउटा दिन हुन्छ नेपालमा । यसपल्ट चाहिं दुईवटा दिन हुने भो । एउटा वैशाख ३० गते, अर्को मंसिरतिर कहिले हो …।’

हलमा सहभागीले साउन एक भने । तर ओलीले मंसिरतिर भन्दै आम निर्वाचनतिर संकेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?