+
+

एउटै पार्टीबाट मेयर उपमेयर उठेका दुवै पुरुषको मनोनयन खारेज

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १६ गते १३:३७
शिवप्रसाद कलवार।

१६ वैशाख, कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी लोसपाबाट मेयर र उपमेयर दुवैमा पुरुषको मनोनयन दर्ता भएको भन्दै निर्वाचन आयोगले दुवै जनाको उम्मेदवारी रद्ध गरेको छ ।

कृष्णनगर नगरपालिकाको मेयरमा लोसपाबाट मेयरमा शिवप्रसाद कलवार र उपमेयरमा मोहम्मद अफजल मियाले उम्मेदवारी दिएका थिए ।

कानून अनुसार मेयर उपमेयर पदमा उम्मेदवारी दिने दलले एक महिला र एक पुरुष उठाउनु पर्ने भए पनि दुवै पदमा पुरुषले उम्मेदवारी दिएकाले उम्मेदवारी खारेज गरेको जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुकी सूचना अधिकारी अनिता क्षेत्रीले जानकारी दिइन् ।

त्यसैगरि कृष्णनगरमै दलित प्रमाणपत्र पेश गर्न नसकेका कारण वडा नम्बर ९ मा माओवादीबाट दलित महिला सदस्यको उम्मेदवार बनेकी सनिरा धोवी र जनता प्रगतिशील पार्टीकी सुमिरता रैदासको उम्मेदवारी रद्द भएको छ ।

मायादेवी गाउँपालिका वडा नम्बर ३ का जसपाका वडा अध्यक्ष पदका उम्मेदवार रामनाथ यादवको उम्मेदवारी रद्द भएको छ । एकै पदमा सोहि पार्टीबाट दुई जनाले उम्मेदवारी दिएको पाइएपछि पछि नाम दर्ता गरेका यादवको उम्मेदवारी खारेज भएको हो । मायादेवी गाँउपालिकाको वडा नम्बर ५ मा जसपाकै महिला सदस्य पदकी उम्मेदवार रामरती अहिरले जनप्रतिनिधिबाट राजिनामा नदिइ मनोनयन दर्ता गरेका कारण उनको उम्मेदवारी पनि खारेज भएको हो ।

बिजयनगर गाउँपालिकामा सबै भन्दा बढि ८ जनाको उम्मेदवारी खारेज भएको छ । वडा नम्बर ६ का जनता प्रगतिशील पार्टीबाट वडा अध्यक्षका उम्मेदवार उदितकुमार मिश्रा, वडा नम्बर ३ मा नेकपा माओवादी केन्द्रकी महिला सदस्य साधना केवट, वडा नम्बर ५ मा जनमोर्चाकी महिला सदस्य पदकी उम्मेदवार सुनिता चौधरी कुर्मी, वडा नम्बर १ मा महिला सदस्य पदकी बहुजन शक्ति पार्टीकी उम्मेदवार सुशीला चौधरीको उम्मेदवारी खारेज भएको छ ।

यस्तै वडा नम्बर ७ का राष्ट्रिय जनमोर्चाका वडा सदस्य उम्मेदवार बालजी कोरी, वडा नम्बर ४ मा राप्रपाकी दलित महिला सदस्य पदकी उम्मेदवार जमुना घर्ति, वडा नम्बर ३ का जनता प्रगतिशील पार्टीका सदस्य पदका उम्मेदवार साहिद पठान र सोहि पार्टीकै वडा नम्बर ६ मा महिला सदस्य पदकी उम्मेदवार रेश्मा चौहानको उम्मेदवारी खारेज भएको सुचना अधिकारी क्षेत्रीले जनाइन ।
कपिलवस्तुका १० वटा स्थानीय तहमा कुल ३ हजार ५ सय ८२ जनाले उम्मेदवारी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?