+
+

बागी उम्मेदवारी फिर्ता लिन एमाले तनहुँको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १६ गते १५:५८

१६ वैशाख, तनहुँ ।  ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि बागी उम्मेदवारी दर्ता गरेका पार्टीका नेता कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन नेकपा एमाले तनहुँले निर्देशन दिएको छ ।

नेकपा एमाले तनहुँका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले शुक्रबार विज्ञप्ति जारी गरी आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिएकालाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएका हुन् ।

भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका र भिमाद नगरपालिकामा पार्टीका उम्मेदवार विरुद्धका बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता र पार्टीका आधिकारिक उम्मेदवारलाई समर्थन गरी निर्वाचनमा लाग्न निर्देशन दिइएको छ ।

बागी उम्मेदवार फिर्ता नलिनेलाई पार्टीको विधान बमोजिम कारवाही गरिने एमालेले जनाएको छ ।

हेर्नुहोस् विज्ञप्तिः

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?