+
+

स्थानीय निर्वाचनमा कुन दलको कति उम्मेदवार ?

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १६ गते १९:५४

१६ वैशाख, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवारको दलगत स्थिति सार्वजनिक गर्दा जम्मा तीनवटा दलको विवरण मात्र सार्वजनिक गर्‍यो ।

स्तम्भ चित्रमार्फत उम्मेदवारको दलगत विवरण सार्वजनिक गर्दा अध्यक्ष वा प्रमुख पदमा उम्मेदवारी दिनेमा नेकपा एमाले, नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी मात्र देखिए । त्यस्तै उपाध्यक्षमा उम्मेदवारी दिनेमा एमाले, कांग्रेस र माओवादी केन्द्रको विवरण मात्र समेटियो ।

निर्वाचन आयोगको उक्त विवरणको माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलका कार्यकर्ताले आलोचना गरेका थिए । तर आयोगका प्रवक्ता शालिग्रराम शर्मा पौडेलले बढी उम्मेदवारको आधारमा विवरण दिँदा तीनवटा दल भन्दा अरुको विवरण नअटेको बताए ।

अहिले भने आयोगले उम्मेदवारको दलगत विवरणको सूचि सार्वजनिक गरेको छ । जसमा कुन दलले कति पालिकामा उम्मेदवारी दर्ता गरायो भन्ने विवरण प्रष्टसँग छ ।

आयोगले सार्वजनिक गरेको विवरण अनुसार नेकपा एमालेले २६३ नगरपालिका प्रमुख र ४४६ गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएको छ । त्यस्तै उसले २४५ नगरपालिकाको उपप्रमुख र ४४५ गाउँपालिका उपाध्यक्षमा उम्मेदवारी दिएको छ ।

नेपाली कांग्रेसले २६५ नगरपालिकाको प्रमुख र ३८५ गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिएको छ । उसले २११ नगरपालिका उपप्रमुख र ३५९ गाउँपालिका उपप्रमुखमा उम्मेदवारी दिएको छ ।

नेकपा माओवादी केन्द्रले १७४ नगरपालिकाको प्रमुख २ सय १४ उपप्रमुखमा उम्मेदवारी दिएको छ । त्यस्तै २ सय ९० गाउँपालिकाको अध्यक्षमा र ३ सय १५ गाउँपालिकाको उपाध्यक्षमा उम्मेदवारी दिएको छ ।

विवरण अनुसार ७५३ पालिकामध्ये माओवादी केन्द्रले ४६४ प्रमुख/अध्यक्ष र ५ सय २९ उपप्रमुख/उपाध्यक्षमा उम्मेदवारी दिएको छ । यो सूचि प्रारम्भिक भएकाले उजुरी र नामावली फिर्ता भएपछिको अन्तिम सूचिमा केही फेरबदल हुनसक्ने आयोगले जनाएको छ ।

नेकपा एकीकृत समाजवादीले १५० नगरपालिका प्रमुख र १७७ उपप्रमुखमा उम्मेदवारी दिएको छ । १८७ गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिँदा १८० उपाध्यक्षमा उम्मेदवारी दिएको छ ।

६ हजार ७४३ वडाध्यक्षमध्ये २ हजार ४२८ वडाध्यक्षमा उम्मेदवारी दिएको छ । एकीकृत समाजवादीले देशभरका ७५३ पालिकामध्ये ३३७ पालिका प्रमुख/अध्यक्षमा उम्मेदवारी दिएको छ । त्यस्तै ३५७ उपप्रमुख/उपाध्यक्षमा उम्मेदवारी दिएको छ ।

जनता समाजवादी पार्टी (जसपा) ले १५९ नगरप्रमुखमा उम्मेदवारी दिँदा १३८ उपप्रमुखमा उम्मेदवारी दिएको हो । त्यस्तै १८९ गाउँपालिका अध्यक्ष र १५६ उपाध्यक्षमा उम्मेदवारी दिएको छ । जसपाले ३४८ प्रमुख/अध्यक्ष र २९४ उपप्रमुख/उपाध्यक्षमा दिएको छ । वडातर्फ भने २ हजार ६९ वडाध्यक्षमा उम्मेदवारी दिएको छ ।

लोकतान्त्रिक समाजवादी (लोसपा)ले ९३ नगर प्रमुख र ८० उपप्रमुखमा उम्मेदवारी दिएको छ । त्यस्तै ७८ गाउँपालिका अध्यक्ष र ५८ उपाध्यक्षमा उम्मेदवारी दिएको छ । लोसपाले १७१ मा प्रमुख/अध्यक्षमा उम्मेदवारी दिएको छ । त्यस्तै १३८ उपप्रमुख/उपाध्यक्षमा उम्मेदवारी दिएको छ । वडातर्फ भने १ हजार २५ वडाध्यक्षमा मात्रै उम्मेदवारी दिएको छ ।

हेर्नुहोस् उम्मेदवारको विवरण दलगत आधारमा

नेकपा एमाले
नगर प्रमुख : २६३
नगर उपप्रमुख : २४५
गाउँपालिका अध्यक्ष : ४४६
गाउँपालिका उपाध्यक्ष : ४४५
प्रमुख/अध्यक्ष जम्मा : ७३६
उपप्रमुख/उपाध्यक्ष : ६९५
वडाध्यक्ष : ६,५०६

नेपाली कांग्रेस
नगर प्रमुख : २६५
नगर उपप्रमुख : २११
गाउँपालिका अध्यक्ष : ३८५
गाउँपालिका उपाध्यक्ष : ३५९
प्रमुख/अध्यक्ष जम्मा : ६४७
उपप्रमुख/उपाध्यक्ष : ५७०
वडाध्यक्ष : ६१३२

माओवादी केन्द्र
नगर प्रमुख : १७४
नगर उपप्रमुख : २१४
गाउँपालिका अध्यक्ष : २९०
गाउँपालिका उपाध्यक्ष :३१५
प्रमुख/अध्यक्ष जम्मा : ४६४
उपप्रमुख/उपाध्यक्ष : ५२९
वडाध्यक्ष : ४,४२८

एकीकृत समाजवादी
नगर प्रमुख : १५०
नगर उपप्रमुख : १७७
गाउँपालिका अध्यक्ष : १८७
गाउँपालिका उपाध्यक्ष : १८०
प्रमुख/अध्यक्ष : ३३७
उपप्रमुख/उपाध्यक्ष : ३५७
वडाध्यक्ष : २,४२८

जनता समाजवादी पार्टीं
नगर प्रमुख : १५९
नगर उपप्रमुख : १३८
गाउँपालिका अध्यक्ष : १८९
गाउँपालिका उपाध्यक्ष : १५६
प्रमुख/अध्यक्ष : ३४८
उपप्रमुख/उपाध्यक्ष : २९४
वडाध्यक्ष : २०६९

लोकतान्त्रिक समाजवादी पार्टी
नगर प्रमुख : ९३
नगर उपप्रमुख : ८०
गाउँपालिका अध्यक्ष : ७८
गाउँपालिका उपाध्यक्ष : ५८
प्रमुख/अध्यक्ष : १७१
उपप्रमुख/उपाध्यक्ष : १३८
वडाध्यक्ष : १,०२५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?