+
+

राप्रपा उम्मेदवारको घर र वडा कार्यालयमा आगजनी

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १७ गते १४:०४

१७ वैशाख, काठमाडौं । राप्रपाको कावासोती नगरपालिका–१६ का वडाध्यक्षका उम्मेदवार सुमन भट्टको घर र राप्रपाको वडा कार्यालयमा आगजनी भएको छ ।

शुक्रबार राति नचिनेको मानिसहरुको समूहले भट्टको घर र कार्यालयमा आगजनी गरेको राप्रपाले जनाएको छ । राप्रपा प्रवक्ता मोहन श्रेष्ठले शनिबार विज्ञप्ति जारी गरी घटनाको सत्य तथ्य छानबिन गरी दोषी पत्ता लगाउन र दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

त्यस्तै राप्रपाबाट गोकर्णेश्वर नगरपालिका–५ का वडाध्यक्षका उम्मेदवार सन्तोष अर्याललाई केही व्यक्तिले ज्यान मार्ने धम्की दिएका छन् । राप्रपा प्रवक्ता श्रेष्ठका अनुसार हालै नेपाली कांग्रेस छाडेर राप्रपा प्रवेश गरेका अर्याललाई केही परिचित व्यक्तिले नै कांग्रेस हराउन हिडेको भन्दै ज्यान मार्ने धम्की दिएका हुन् ।

राप्रपाले राजनीतिक दल छान्ने व्यक्तिको अधिकारमाथि धावा बोल्ने काम सह्य नहुने भन्दै यसबारे स्थानीय प्रशासनलाई जानकारी गराएको बताएको छ ।

प्रवक्ता श्रेष्ठले विज्ञप्तिमार्फत जनताको माझामा आफ्नो एजेण्डा लिएर गइरहेका उम्मेदवारलाई निर्वाध चुनाव प्रचारको वातावरण बनाउन र दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?