+
+

कंचनरूपमा जसपाकाे घाेषणा : किसानलाई नि:शुल्क विद्युत

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १७ गते १८:१५

१७ वैशाख, सप्तरी । जनता समाजवादी पार्टी (जसपा) कंचनरूप नगरपालिका, सप्तरीले स्थानीय तहको निर्वाचनलाई लक्षित गरि घाेषणा पत्र सार्वजनिक गरेको छ ।

घोषणा पत्रमा नगरपालिकाभरिका किसानलाई नि:शुल्क विद्युत उप्लब्ध गराउने उल्लेख गरिएको छ । पार्टीबाट मेयरका उम्मेदवार भोला पासवानले आफू निर्वाचित भए खेतसम्म पोल गाडेर नि:शुल्क विद्युत उप्लब्ध गराउने घोषणा गरे । उनले ज्येष्ठ नागरिकलाई नगरपालिकाको तर्फबाट थप १ हजार सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने बताए ।

घोषणा पत्रमा ६५ बर्षमाथिका ३० जना ज्येष्ठ नागरिकलाई पशुपतिनाथकाे तीर्थ यात्रा गराउने, नगरक्षेत्रभित्र औद्योगिक क्षेत्र स्थापना, बरमझियाको पेडालाई अन्तर्राष्ट्रिय क्षेत्रसम्म ब्रान्डको रुपमा प्रचारको ब्यबस्था, प्रत्येक वडामा खेल मैदान निर्माण गर्ने उल्लेख गरिएको छ ।

यस्तै, गर्भवती महिलालाई पोषण भत्ता बापत १० हजार, एकल महिलालाई बार्षिक ५ हजार उपलब्ध गराउने, राेजगारका आधारमा पाठ्यक्रमकाे विकास गरिने घाेषणा पत्रमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?