+
+

डिज्ने सिरिजमा प्रबल गुरुङले कस्ट्युम डिजाइन गर्ने, मिचेल यो मुख्य भूमिकामा

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १८ गते १४:३३

काठमाडौं । दुई चर्चित एसियाली-अमेरिकी मूलका फेसन डिजाइनर प्रबल गुरुङ र फिलिप लिमले डिज्ने प्लसको आगामी सिरिज ‘अमेरिकन बर्न चाइनिज’मा सहकार्य गर्ने भएका छन् ।

उनीहरुले चिनियाँ पौराणिक कथामा सांस्कृतिक रुपमा महत्वपूर्ण मानिएका पात्रको कस्ट्युम डिजाइन गर्ने भएका हुन् । उनीहरुले चिनियाँ-अमेरिकी फेसन डिजाइनर जोए क्रेटनको लागि फेसन डिजाइन गर्नेछन् ।

ती पात्रहरुमा हलिउड अभिनेत्री मिचेल यो र डेनियल वुले अभिनय गर्दैछन् । जिन लुआन याङ लिखित उपन्यासबाट प्रभावित यो सिरिजले उच्च शिक्षा अध्ययन गरिरहेको एक किशोरले घरजीवन र विद्यालयको सामाजिक जीवनलाई सन्तुलन मिलाउन गर्ने संघर्षलाई चित्रण गर्छ ।

विद्यालय तहको पहिलो दिनमै उसले विदेशी साथीलाई भेट्दा उसमा पौराणिक देउताप्रति उत्पन्न हुने सोचाइलाई फिल्मले चित्रण गर्छ । एक्सन-कमेडी यो सिरिजले पहिचान, संस्कृति र परिवारको कथा प्रस्तुत गर्छ ।

कार्यकारी निर्माता मेल्भिन मारले डेडलाइन हलिउडसँग भने, ‘प्रबल र फिलिप दुवैजना अविश्वसनीय रुपमा प्रतिभाशाली डिजाइनर हुन्, जसले फेसन संसारमा छाप छाडेका छन् । उनीहरु अमेरिकन बर्न चाइनजिको रचनात्मक टोलीमा सामेल हुन लागेकोमा खुसी छौं ।’

सिरिजमा अभिनेत्री योले गौनियन पात्रको भूमिका निर्वाह गरेकी छन् । सिंगापुरमा जन्मिएका फेसन डिजाइन प्रबल नेपालमा हुर्किएका थिए । गुरुङका डिजाइनहरु यसअघि पूर्व अमेरिकी प्रथम महिला मिसेल ओबामा र बेलायती राजकुमारी एलिजाबेथ मिडल्टनले पहिरिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?