+
+

जुम्लामा माओवादी केन्द्रबाट उम्मेदवार दोहोरिन नपाउने

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १८ गते १४:५४

१८ वैशाख, जुम्ला । जुम्लामा नेकपा माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनमा एउटै पदमा दोहोर्‍याएर उम्मेदवार नबनाउने भएको छ ।

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएकाहरुले सोही पदमा अर्को पटक उम्मेदवार बन्न नपाउने व्यवस्था गरेको हो ।

आइतबार सार्वजनिक गरिएको उम्मेदवार प्रतिवद्धता पत्रमा निर्वाचित वा पराजित भएको अवस्थामा पुनः अर्को पटक उम्मेदवारी दावी नगर्ने प्रतिवद्धता जनाउन लगाइएको छ ।

‘म यो पटक उम्मेदवारी भइसकेको अवस्थामा विजयी हुँदा वा पराजित भएको अवस्थामा पुनः अर्को पटक उम्मेदवारीमा दावि गर्ने छैन’ उम्मेदवारको प्रतिवद्धतापत्रमा भनिएको छ ।

माओवादी केन्द्रका जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य गजेन्द्र्रबहादुर महतले प्रतिवद्धतापत्रमा पार्टीका सबै उम्मेदवारले प्रतिवद्धता जनाउनुपर्ने बताए । एक पटक पाँच वर्षका लागि जनप्रतिनिधि भएपछि फेरि आशा गर्नु राम्रो नहुने भन्दै उनले उम्मेदवारलाई प्रतिवद्धता पत्रमा हस्ताक्षर गराएको बताए ।

जुम्लामा माओवादी केन्द्रका उम्मेदवारले निर्वाचित भएपछि पार्टीको घोषणापत्र अनुसार नीति तथा कार्यक्रम बनाउने प्रतिवद्धता पनि जनाउनुपर्नेछ ।

‘म विजयी भएको नगरपालिका÷गाउँपालिका÷वडामा पहिलो वर्षबाट नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दाको मितिबाटै पार्टीको घोषणा पत्रलाई आत्मसात गर्दै जिल्लामा रहेका जिम्मेवार नेता कार्यकर्ताको उपस्थितिमा घोषणापत्रलाई कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्दछु’ उम्मेदवारको प्रतिवद्धतापत्रमा भनिएको छ ।

जुम्लामा माओवादी केन्द्रले १२ बुँदे घोषणापत्र पनि ल्याएको छ । जसमा विकास निर्माणको सम्पूर्ण रकम रोजगारीका लागि खर्च गर्ने उल्लेख छ ।

हाल विकाससँग रोजगारीलाई जोडिएको भन्दै माओवादी केन्द्रले अबदेखि रोजगारीलाई जोडेर विकास निर्माण गर्ने घोषणा गरेको छ । पालिकाका बेरोजगार सबैलाई रोजगारी दिने, रोजगारी दिइएका युवालाई विकास निर्माण, शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, वन क्षेत्र, वातावरण सरसफाइ र सामाजिक कार्यमा लगाइने नेता गजेन्द्र महतले बताए ।

माओवादी केन्द्रले २० देखि ६० वर्षसम्मका नागरिकलाई रोजगारी दिने पनि उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?