+
+

त्रिवि मैदानमा नेपालमाथि जिम्बाब्बेकाे रवाफ (फाेटाे फिचर)

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०७९ वैशाख १८ गते १८:०१

१८ वैशाख, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिम अर्काे महिना अमेरिकामा हुने आईसीसी क्रिकेट विश्वकप लिग टू काे तयारीस्वरुप जिम्बाब्बे विरुद्ध शृंखला खेल्न व्यस्त छ ।

उता जिम्बाब्बे पनि अर्काे महिना घरेलु म‌ैदानमा हुने आईसीसी टी-२० विश्वकप ग्लाेबल क्लालिफायर बी काे तयारीमा छ । जिम्बाब्बे ११ टिम अहिले घरेलु मैदानमा दक्षिण अफ्रिकाकाे ए टिमसँग शृंखला खेलिरहेकाे छ ।

त्यसबाहेकका खेलाडी समेटेर बनाइएको जिम्बाब्बे ए टिम हाल काठमाडौमा छ । यही टिमले आइतबार घरेलु टाेली नेपालमाथि पहिलाे टी-२० खेलमा ६ विकेटकाे जित निकाल्याे ।

आगामी महिना हुने टी-२० क्वालिफायरकाे लागि एस्पाेजर दिन जिम्बाब्बेले खेलाडी तयार पार्दैछ । त्यसैकाे तयारीका लागि नेपाल आएकाे ए टिमले पनि प्रभावशाली जित हात पार्‍यो ।

टाडिवानासा मारुमानी र कप्तान टाेनी मुन्याेङ्गाले अर्धशतक प्रहार गरेपछि नेपालले दिएकाे १८२ रनकाे लक्ष्य जिम्बाब्बे ए ले १८.५ ओभर खेल्दै ४ विकेट गुमाएर पूरा गर्‍यो ।

आदिल अन्सारीले विष्फाेटक ब्याटिङ गर्दै अविजित ४७ रन बनाएपछि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेकाे नेपालले ५ विकेट गुमाएर १८१ रन बनाएकाे थियाे । आदिलले २७ बल खेल्दै ४ चाैका र ३ छक्का प्रहार गरे । लोअर अर्डरमा आदिलले उत्कृष्ट ब्याटिङ गरे ।

यस्तै ओपनर कुशल भुर्तेलले ४६ रन बनाए । यस्तै रोहित पाैडेलले २६ बलमा ३६ र दीपेन्द्र सिंह ऐरीले १३ बलमा २८ रन जाेडे । करण केसी ४ रनमा अविजित रहे । यसै खेलबाट सिनियर टिममा पहिलाे पटक खेलेका बसिर अहमदले २ विकेट लिए ।

हेर्नुहोस् तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?