+
+

बालेन शाहमाथि केशव स्थापितको अराजनीतिक टिप्पणी

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १८ गते १९:०१

१८ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले स्वतन्त्र उम्मेदवार बालेन शाहप्रति अराजनीतिक टिप्पणी गरेका छन् ।

काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रममा स्थापितले बालेनलाई फुच्चे र अन्तर्राष्ट्रिय ठग भनेका छन् । ‘एउटा फुच्‍चे भन्‍ने बालेन शाह रहेछ, ऊ त अन्तर्राष्ट्रिय ठग रहेछ’ स्थापितले भनेका छन् ।

उनले बालेन शाहले आफ्नो जातीय पहिचान लुकाएको पनि आरोप लगाएका छन् । ‘…म काठमाडौंमा जन्मेको, पहाडिया ठकुरी भन्छ क्या बालेन शाह । हिजो के कुरा खुल्यो भने ऊ त यहाँको शाह नै रहेनछ, मधेशतिरको शाह रहेछ । सुरुवातमै ठग कुरा गर्ने मान्छेको हालत के हुन्छ ? सुरुवातमै ठग क्या, दर्तावाल ठग । सबै काठमाडौंबासीलाई ठग्न पाइन्छ ? म मधेशको मान्छे भनेर आँट गरेर आउनुपर्दैन ?’ स्थापितले भनेका छन् ।

बालेन शाहले जनतासँग आँखा जुधाएर हेर्न पनि नसकेको स्थापितले बताए । ‘जहिले पनि चश्मा छोड्दैन भनेको जनतासँग आँखा जुधाएर हेर्ने तागत नै रहेनछ । युवाहरुसँग फेस टु फेस बसेर कुरा गर्नुपर्‍यो नि !’ स्थापितले भनेका छन् ।

स्थापितले बालेन शाहलाई काठमाडौंको जनसंख्या कति छ भन्ने जानकारी पनि नभएको बताए । बालेनले ८० लाख जनसंख्या छ भनेको उल्लेख गर्दै स्थापितले काठमाडौं उपत्यका र बनेपासम्मको जनसंख्या जोड्दा ४० लाख हुने जिकिर गरे ।

उनले बालेन आफ्नो प्रतिस्पर्धी नै नभएको पनि बताए । ‘फुच्चेफाच्चेको कुरै नगरौं, आ-आफै काटमार गर्छन्, रमाइलो गर्छन् उहाँहरुसँग मैले प्रतिस्पर्धा गर्नु छैन’ स्थापितले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?