+
+

बागलुङलाई पर्यटकीय, व्यापारिक र सांस्कृतिक नगर बनाउने एमाले र राप्रपाको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १८ गते १९:०६

१८ वैशाख, बागलुङ । बागलुङ नगरपालिकामा चुनावी तालमेल गरेका नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले संयुक्त घोषणापत्र सार्वजनिक गरेका छन् ।

संयुक्त घोषणा पत्रमा ‘सम्बृृद्ध बागलुङ नगर–सुखी नगरवासी’ नगरको आकांक्षा पुरा गर्नको लागि आगामी ५ वर्षमा बागलुङलाई पर्यटकीय, व्यापारिक एंव सांस्कृतिक नगरको रुपमा विकास गर्ने प्रतिवद्धता जनाइएको छ ।

मेयर उम्मेदवार एमालेका जनकराज पौडेल, उपमेयर उम्मेदवार राप्रपाका सञ्जय खड्का, एमालेका पोलिटव्यूरो सदस्य मनकुमारी केसी, नेकपा एमालेका केन्द्रीय सदस्य तथा बागलुङ इन्चार्ज गोविन्द नेपालीले संयुक्त रुपमा सार्वजनिक गरेको घोषणा पत्रमा बागलुङ नगरपालिकामा एकीकृत शहरी विकास योजना लागु गरिने, नगरपालिकाको केन्द्रदेखि वडाको केन्द्रसम्म जोड्न सुरु गरिएका सडकका योजना पूरा गरिने उल्लेख छ ।

यस्तै बालबालिकाको लागि निर्माण सुरु गरिएको बालउद्यानलाई पूर्णता दिइने, बालबालिकाको शिक्षा, स्वास्थ्यलाई ध्यानमा राखेर चाइल्ड केयर सेन्टर स्थापना गरिने, औद्योगिक ग्राम सञ्चालनमा ल्याइने, काठेखोलामा जलविहार परियोजना सञ्चालनमा ल्याइने घोषणा उनीहरुले गरेका छन् ।

जनमैत्री स्वास्थ्य नीति अबलम्बन गरिने, धौलागिरी उप–प्रादेशिक अस्पताललाई मेडिकल कलेजको रुपमा स्तरोन्नती गर्न पहल गरिने, गम्भिर प्रकृतिका रोगहरु (मुटु, मृगौला, क्यान्सर, पाठेघर)को उपचार नगरबाटै गर्ने व्यवस्था गरिने, विपन्न नागरिकको उपचार निशुल्क गर्ने व्यवस्था मिलाइने, ५० वर्षभन्दा माथिका नागरिकको वर्षमा एक पटक निशुल्क स्वास्थ्य परिक्षण गरिने घोषणापत्रमा उल्लेख गरिएको छ ।

घोषणापत्रमा शिक्षा, सूचना र सञ्चारतर्फ व्यवसायिक, व्यवहारिक, रोजगारमूलक, प्रयोगात्मक, प्राविधिक शिक्षाको आधार तयार गरि लागु गरिने, आगामी ५ वर्षभित्र प्राविधिक धारतर्फको क्याम्पस स्थापनाको विषेश तयारी गरिने उल्लेख छ ।

एमाले राप्रपाले आगामी ५ वर्ष भित्र बागलुङ नगरपालिकामा गर्ने कामलाई पूर्वाधार, स्वास्थ्य, सरसफाई तथा खानेपानी, शिक्षा, सूचना तथा सञ्चार युवा तथा खेलकुदतर्फ, पर्यटन, कृषि, सुशासन, सूचना तथा सञ्चार, विविधतालगायतका शीर्षकमा प्रतिबद्धता व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?