+
+

नेपाल र जिम्बावे ‘ए’बीचको खेल वर्षाले रोकियो

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १९ गते १३:४२

१९ वैशाख, काठमाडौं । नेपाल र जिम्बावे ‘ए’ टिमबीच टी-२० शृंखलाको दोस्रो खेल वर्षाका कारण प्रभावित भएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङ गरेको जिम्बावे टोलीले ४.३ ओभरमा २ विकेट गुमाएर ४८ रन बनाउँदा खेल वर्षाले रोकिएको हो ।

खेलको पहिलो ओभरमै सोमपाल कामीले ओपनर इनोसेन्ट केइयालाई खाता खोल्नै नदिइ कुशल भुर्तेलबाट क्याच आउट गराएका थिए । पाँचौं ओभरमा अर्का ओपनर ताडिवान्से मारुमानीलाई करण केसीले २२ रनको स्कोरमा आउट गरेका थिए ।

यसअघि हिजो भएको पहिलो खेलमा नेपालले ६ विकेटको पराजय ब्यहोरेको थियो । नेपालले दिएको १८२ रनको लक्ष्य जिम्बावे टोलीले १८.५ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?