+
+

नेपाल र जिम्बावे ‘ए’बीचको टी-२० खेल वर्षाका कारण रद्द

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १९ गते १४:५९

१९ वैशाख, काठमाडौं । भारी वर्षा नरोकिएपछि नेपाल र जिम्बावे ‘ए’टिमबीच टी–२० शृंखलाको दोस्रो खेल रद्द गरिएको छ ।

त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावेले ४.३ ओभरमा २ विकेट गुमाएर ४८ रनको स्कोर बनाउँदा खेल वर्षाले रोकिएको थियो ।

करिव ४० मिनेटपछि वर्षा रोकिएपछि खेल २ ओभर घटाएर पुनः सुरु गर्ने तयारी भएको थियो ।

तर, फेरि भारी वर्षा भएसँगै मैदानमा पानी जम्न थालेपछि अम्पायरले खेल रद्द भएको घोषणा गरेका हुन् ।

खेलको पहिलो ओभरमै सोमपाल कामीले ओपनर इनोसेन्ट केइयालाई खाता खोल्नै नदिइ कुशल भुर्तेलबाट क्याच आउट गराएका थिए । पाँचौं ओभरमा अर्का ओपनर ताडिवान्से मारुमानीलाई करण केसीले २२ रनको स्कोरमा आउट गरेका थिए ।

यसअघि हिजो भएको पहिलो खेलमा नेपालले ६ विकेटको पराजय ब्यहोरेको थियो । नेपालले दिएको १८२ रनको लक्ष्य जिम्बावे टोलीले १८.५ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो ।

टी–२० शृंखलाअन्तर्गत तेस्रो तथा अन्तिम खेल बुधबार हुनेछ । तीन टी–२० र तीन एकदिवशीय खेलको शृंखलाका लागि जिम्बावे ए टोली नेपाल भ्रमणमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?