+
+

एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबलमा आर्मीको दुवै टिमलाई सफलता

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २० गते १६:४९

२० वैशाख, काठमाडौं । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबको महिला तथा पुरुष दुवै टिमले छैटौं आरबीबी–एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिगमा जित हात पारेका छन् ।

सोमबार भएको खेलमा महिला तर्फ आर्मीले एभरेष्ट भलिबल क्लब, रुपन्देहीमाथि २५–१९, २५–७, २५–१८ को जित निकालेको हो । पुरुष तर्फ भने आर्मीले गण्डकी प्रदेश भलिबल क्लबलाई २५–१९, २५–८, २५–१८ ले जित निकालेको हो ।

जितसँगै आर्मीको महिला टिमले ३ अंक जोडको छ भने पुरुषले २३ खेलमा जित हात पार्दै ६ अंक जोडेको छ । आर्माीको पुरुष टिमले पहिलो खेलमा अर्को विभागीय टोली एपीएफलाई २५–२३, २५–१८, २५–२२ ले पराजित गर्दै ३ अंक प्राप्त गरेको थियो ।

त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको प्रतियोगिताको महिला तर्फ विभागीय टोली पुलिस क्लबले अर्को विभागिय टोली एपीएफलाई २५–२०, २५–२३, १७–२५ र २५–१६ ले पराजित गर्दै ३ अंक जोडेको छ ।

पुरुष तर्फ टिपटप हेल्प नेपाल भलिबल क्लबले ढोरपाटन स्पोर्टस् क्लबलाई २५–२१, २७–२५, २५–२० ले पराजित गर्दै महत्वपूर्ण तीन अंक जोड्न सफल भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?