+
+

नेपाल भ्रमणमा रहेका टर्कीका अभिनेता अल्टन पोखरा पुगे

रासस रासस
२०७९ वैशाख २० गते १७:०९
तस्वीर : रासस

कास्की । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निमन्त्रणामा नेपाल आएका टर्कीका चर्चित अभिनेता अल्टन दुज्यातान मंगलबार पोखरा आएका छन् ।

उनलाई पोखरा विमानस्थलमा पोखरा पर्यटन परिषद्, नेपाल टुर्स एण्ड ट्राभल्स एसोसिएसन नेपाल (नाटा)का पदाधिकारी, पर्यटन व्यवसायी तथा इस्लाम धर्मावलम्बी प्रशंसकहरुले स्वागत गरे ।

कोरोनापछि शिथिल बनेको नेपालको पर्यटन क्षेत्र प्रवर्द्धन गर्नुका साथै टर्कीका पर्यटक नेपाल भित्र्याउने उद्देश्यले मन्त्रालयको निमन्त्रणमा आठ सदस्यीय टोलीको नेतृत्व गर्दै कलाकार दुज्यातान नेपाल आएको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेका सहायक प्रेस संयोजक जैनव खातुनले जानकारी दिए ।

उनका अनुसार कलाकार दुज्यातान इद पर्वका अवसरमा पोखरा महानगरपालिका–१३ स्थित मियापाटनमा आयोजना हुने कार्यक्रममा सहभागी हुनेछन् । दुईदिने पोखरा बसाइका क्रममा उनले यहाँका पर्यटकीय गन्तव्यहरु फेवाताल, बेगनासताल तथा सराङकोटको दृश्यावलोकन गर्ने कार्यक्रम छ । विश्व चर्चित अभिनेताको आगमनले यहाँको पर्यटन प्रवद्र्धनमा योगदान पुग्ने पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले बताए ।

‘टर्की र मध्यपूर्वी देशका पर्यटकहरु हिमाल आरोहणलगायत साहसिक गतिविधिका लागि आउने गरेका छन् । पछिल्लो समय कोरोनापछि यहाँको पर्यटन उकालो लाग्दै आएको अवस्थामा चर्चित कलाकारको आगमनले यसको प्रवर्द्धनमा थप मद्दत पुग्ने विश्वास लिएका छौं,’ भट्टराईले भने ।

टर्कीको ८०० वर्ष पुरानो राजनीतिक घटनामा आधारित टेलिश्रृंखला ‘अर्तुग्रुल गाजी’मा दुज्यातानले मुख्य कलाकारको भूमिकामा निर्वाह गरेका छन् । सोही टेलिश्रृंखलाबाट उनी विश्वभर चर्चित बनेका हुन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?