+
+

कुन पदमा कति महिला उम्मेदवार ?

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २० गते २०:२०

२० वैशाख, काठमाडौं । स्थानीय तह निर्वाचनबाट चुनिने सातमध्ये तीनवटा पदमा महिला चाहिने बाध्यकारी व्यवस्थाका कारण राजनीतिक दलहरुले स्थानीय तह निर्वाचनमा दिएको कुल उम्मेदवारको साढे ३८ प्रतिशत हिस्सा महिलाको छ ।

बाध्यकारी पद बाहेक अन्यमा उनीहरुले दिएको उम्मेदवारी निकै कम छ ।

प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष, वडाध्यक्ष, महिला दलित सदस्य, महिला सदस्य र दुई वडा सदस्य पदमध्ये कम्तिमा पनि तीन पदमा महिला अनिवार्य छ ।

प्रमुख दुई पदमा उम्मेदवारी दिए एउटामा अनिवार्य महिला उम्मेदवार बनाउनुपर्छ । बाध्यकारी व्यवस्था रहेको पदमा महिला उम्मेदवारी उल्लेख्य देखिए पनि राजनीतिक दलहरु अन्य पदमा भने उदासिनत देखाएका छन् ।

कुल उम्मेदवार र महिला

कुल उम्मेदवार १४४८५९
पुरुष ८९२३७
महिला ५५६२२
प्रतिशत ३८.३९

पहिलो र दोस्रो पदमध्ये एउटामा अनिवार्य महिला उम्मेदवारको व्यवस्था भए पनि दलहरुले उपप्रमुख पदमा महिला उम्मेदवारलाई निरन्तरता दिएको देखिन्छ । प्रमुख तथा उध्यक्ष पदमा महिला उम्मेदवारी करिव ७ प्रतिशत मात्रै छ ।

अहिलेका कतिपय उपप्रमुख/उपाध्यक्ष स्थानीय तहको नेतृत्वका लागि योग्य र अनुभवी भएको आवाज उठे पनि दलहरुले उनीहरुलाई त्यो भूमिकामा विश्वास गर्न नसकेको देखिन्छ ।

पहिलो पदको तुलनामा उपप्रमुख पदमा उल्लेख्य उम्मेदवारी परेको छ । अघिल्लोपटक महिलाको बाहुल्य रहेको उपाध्यक्ष/उपप्रमुख पदमा अहिले पनि दलहरुले महिलालाई नै निरन्तरता दिएका छन् ।

उपाध्यक्ष/उपप्रमुख दलमा परेको महिला उम्मेदवारी ७३.२ प्रतिशत हो ।

सबै पदमा महिला उम्मेदवारी कति ?

पद पुरुष महिला कुल
प्रमुख ३०११ २३० ३२४१
उपप्रमुख १४३५ ५३० १९६५
अध्यक्ष २९४० १५५ ३०९५
उपाध्यक्ष १६४४ ५२६ २१७०
वडाध्यक्ष ३१५३७ ९४५ ३२४८२
सदस्य ५०६९३ २४०७ ५३१००

राष्ट्रिय दलको मान्यता पाएकामध्ये प्रमुख पदमा एमालेले तुलनात्मक रुपमा बढी महिला उठाएको देखिन्छ । उसले ७३० प्रमुख पदमा उम्मेदवारी दिएकोमा ५१ जना महिला छन् । उसले ७ सय १६ उपप्रमुखमध्ये ६ सय ५६ जना महिला उम्मेदवार अघि सारेको छ ।

गठबन्धन बनाएर तालमेल गरेका सत्तारुढ दलहरुले प्रमुख पदमा महिलालाई प्राथमिकता दिएका छैनन् । त्यसको साटो बरु उपप्रमुख दलमा केही बढी उम्मेदवारी दिएको देखिन्छ । दुवै पदमा महिला उम्मेदवारको अनुपात एमालेको भन्दा कम छ ।

दलगत रुपमा प्रमुख पदमा महिला उम्मेदवार

दलको नाम प्रमुख/अध्यक्ष महिला उपप्रमुख/उपाध्यक्ष महिला
नेपाली कांग्रेस ६३१ २५ ५३४ ४३८
एमाले ७३० ५१ ७१६ ६५६
एकीकृत समाजवादी २७५ २२ २९९ १७८
माओवादी केन्द्र ४१८ २३ ४९० ३०८
लोसपा १६८ १३३ १२४
जसपा ३१६ १९ ३१६ २३३

हरेक वडामा दुई जनाका दरले रहने वडा सदस्यमा समेत महिलाले प्राथमिकता पाएका छैनन् । वडामा महिला सदस्य र दलित महिला सदस्य बाहेक पनि २ जना वडा सदस्य हुन्छन् ।

त्यो पदमा महिलाले उम्मेदवारी दिन पाउने व्यवस्था भए पनि दलहरुले महिलालाई महिला सदस्य र दलित महिला सदस्यमा मात्रै सिमित गरेका छन् ।

वडा सदस्य पदमा कुल ५३ हजार १०० उम्मेदवारी परेकोमा महिला उम्मेदवारको संख्या २ हजार ४०७ मात्रै छ ।

वडा सदस्य पदमा महिला उम्मेदवारको दलगत स्थिति

दल पुरुष महिला कुल
जनता समाजवादी पार्टी, नेपाल ३३१९ १४३ ३४६२
नेकपा एकीकृत समाजवादी ३६८२ २५३ ३९३५
नेकपा एमाले १२२३३ ५३१ १२७४६
नेकपा माओवादी केन्द्र ७७४७ ३६० ८१०७
नेपाली कांग्रेस ११४९४ ३६० ११८५४
लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल १६४३ ९६ १७३९
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?