+
+

बजेटले आयात निरुत्साहनको नीतिमै जोड दिन्छ : डा. उप्रेती

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २१ गते १५:५५

२१ वैशख, काठमाडौं । अर्थ मन्त्रालयका वरिष्ठ आर्थिक सल्लाहकार डा. सुरेन्द्र उप्रेतीले बजेटले आयात निरुत्साहन गर्न नै जोड दिने बताएका छन् । बुधबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको निर्यातजन्य उद्योगहरुद्वारा विदेशी मुद्रा आर्जनमा हुने भूमिका सम्बन्धी सम्वादमा बोल्दै उनले यस्तो धारणा राखेका हुन् ।

‘निर्यातलाई अर्थतन्त्रको लाइफलाइन बनाउने गरी नीतिमै असर गर्ने गरी अन्तरिक गृहकार्य गरिरहेका छौ,’ उप्रेतीले भने ‘यसका लागि निजी क्षेत्र र सरोकारवालासँग गहिरो छलफल भइरहेको छ ।’

आयातका हरेक तथ्याङ्कहरुको गहिराइमा पुग्दा अत्यासलाग्दो अवस्था देखिएको भन्दै डा.उप्रेतीले कृषिजन्य वस्तुको आयातलाई निरुत्साहनको नीति लिन लागिएको संकेत गरे । अघिल्ला वर्षहरुमा वाषिर्क रुपमा आयात हुने भन्दा ठूलो परिमाणमा कृषि वस्तुको आयात चालु आर्थिक वर्षको ९ महिनामै भएको उनले बताए ।

‘नेपालमा धेरै मानिस आश्रति, धेरै रोजगारी र अर्थतन्त्रमा बलियो योगदान रहेको भन्ने कृषि वस्तुको उपज नै ३२५ अर्बको आयातले हामीलाई के संकेत गर्दैछ,’ डा. उप्रेतीले भने ‘यो अवस्था अहिल्यै आएको होइन् । ४० वर्षदेखिको अर्थतन्त्र सुधारको नाममा भएको नीतिगत सुधारको प्रतिफल हो ।’

निर्यातका वृद्धिका लागि लिइएका नीति र निर्यात भएका वस्तुहरुको स्थायित्व अर्थतन्त्रका लागि अर्को चुनौती भएको पनि उनले बताए । स्थिर निर्यातको लागि नीतिगत र वस्तुगत तयारी पनि सरकारले गरिरहेको र त्यसका लागि नीतिमै परिवर्तन हुने पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?