+
+

स्थानीय तह निर्वाचनको तयारीबारे राष्ट्रपति भण्डारीको चासो

राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तह निर्वाचनको तयारीबारे चासो व्‍यक्त गरेकी छिन् । 

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २१ गते १८:०७

२१ वैशाख, काठमाडौँ। निर्वाचन आयोगका पदाधिकारीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन् ।

बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोगका पदाधिकारीले राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका हुन् ।

भेटमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तह निर्वाचनको तयारीबारे चासो व्‍यक्त गरेकी छिन् ।  जवाफमा  प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोगले वैशाख २५ गतेदेखि निर्वाचन कार्यतालिका स्वीकृत गरी निर्वाचनको तयारीको कार्य अन्तिम चरणमा पुगेको बताए ।

यस्तै राष्ट्रपति भण्डारीले निर्वाचन सुरक्षा प्रबन्धमा विशेष संवेदनशील हुन र मतदाताहरुले आफूले रोजेको उम्‍मेदवारलाई निष्पक्ष र निर्वाद रुपमा मत हाल्‍ने वातावरण बनाउन आयोग चनाखो रहनु पर्ने सुझाव दिइन् ।

साथै  आयोगले स्वच्छ, स्वतन्त्र र भयमुक्त वातावरणमा मत संकलन गरेर निष्पक्षताको प्रत्‍याभूतिसहित निर्वाचन सम्पन्‍न गर्ने तथा मतपरिणाम प्रकाशित गर्ने कुरामा विशेष ध्‍यान दिनु पर्नेमा राष्ट्रपति भण्डारीको जोड थियो।

हेर्नुस् विज्ञप्ति 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?