+
+

ल्‍यापटप, क्यामेरा र मोबाइल चोरेको आरोपमा बालाजुबाट २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २१ गते १९:५२

२१ वैशाख, काठमाडौं । प्रहरीले ल्‍यापटप, क्यामेरा र मोबाइल चोरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

चोरीको गुनासो बढेको उजुरी आएपछि जिल्ला प्रहरी परिसरले काठमाडौंका बालाजुबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा तार्केश्वर नगरपालिका-४ पुरानो गुहेश्वरी बस्‍ने ३० वर्षीय सुर्य पतुवार र धादिङको गंगाजमुना गाउँपालिका-३ घर भई हाल तारकेश्वर -४ सानो पुल बस्‍ने १८ वर्षीय मनोज थापा रहेका छन् ।

प्रहरीले उनीहरुको साथबाट एचपीको ल्यापटप १ थान, क्‍यामेरा २ थान र विभिन्‍न कम्पनीका मोबाइलहरु बरामद गरेको छ ।

पक्राउ परेका उनीहरुमाथि चोरी सम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्‍याद थप अनुमति लिई वृत बालाजुबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?