+
+

कर्तव्‍य ज्यान मुद्दाका फारार अभियुक्त ३ वर्षपछि पक्राउ

प्रहरीले कर्तव्‍य ज्यान र ज्‍यान मर्ने उद्योगको फरार अभियुक्तलाई ३ वर्षपछि पक्राउ गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २२ गते १२:२४

२२ वैशाख, काठमाडौं।  प्रहरीले कर्तव्‍य ज्यान र ज्‍यान मर्ने उद्योगको फरार अभियुक्तलाई ३ वर्षपछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई नगरपालिका-१० घर भई काठमाडौंको चन्द्रागिरि नैकाप बस्‍ने २५ वर्षीय मुण्डा भन्‍ने सरोज सुन्दास रहेका छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष टोलीले नैकापबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई आवश्‍यक कारबाहीको लागि काठमाडौं जिल्ला अदालतमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार २०७५ साल मंसिर ८ गते दिउँसो तीनकुने गैरीगाउँस्थित पेट्रोलपम्प नजिकै महेश परियार, मनिष बाँनिया र मुण्डा भन्‍ने सरोज सुन्दासले चक्कु प्रहार गरी हत्या गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?