+
+

दुर्व्यवहार गरेको भन्दै निर्वाचन आयोगबाट एसपी फिर्ता

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २२ गते १५:०४

२२ वैशाख, काठमाडौं ।  गालीगलौज र दुर्व्यवहार गरेको भन्दै निर्वाचन आयोगमा खटिएका नेपाल प्रहरीका एसपी फिर्ता लैजान आयोगले गृह मन्त्रालयलाई पत्राचार गरेको छ ।

ज्वाइन्ट इलेक्सन सेलमा कार्यरत एसपी दीपेन्द्र शाहीले निर्वाचन आयुक्त डा. जानकी तुलाधरको सचिवालयमा कार्यरत कर्मचारीलाई गालीगलौज गर्नुका साथै अभद्र व्यहार गरेको आयोग स्रोतले बतायो ।

‘बुधबार अपरान्ह आयुक्तको गाडीमा एसपी सवारी गाडी ठोक्कियो । त्यसपछि एसपीले गालीगलौज गर्दै अभद्र व्यहार गर्नुभयो । सचिवालयका कर्मचारीमाथि अशोभनीय व्यवहार भयो,’ आयोग स्रोतले भन्यो, ‘यो घटना हुनासाथ तत्काल आयोगको बैठकले एसपीलाई फिर्ता पठाउने भनी गृह मन्त्रालयमा पत्राचार गर्ने निर्णय गरिसकेको छ ।’

निर्वाचन आयोगले घटनाको छानबिन गर्न समेत गृह मन्त्रालयमा पत्राचार गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?