+
+

बिहीबार पनि रोकिएन सेयर बजारको ओरालो यात्रा

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २२ गते १५:३५

२२ वैशाख, काठमाडौं । पछिल्लो एक सातादेखि लगातार ओरालो लागेको सेयर बजारको ओरालो यात्रा बिहीबार समेत जारी रहृयो । बजार निरन्तर घट्दा कारोबार रकम समेत सुस्ताइरहेको छ । बिहीबार ३७.०६ अंकले घटेको बजार २२३८.६२ विन्दमा झरेको छ ।

बिहीबार २३२ कम्पनीको ३४ हजार २ सय ६० वटा कारोबार भयो । यसबाट ४६ लाख ७४ हजार ९४० कित्ता सेयर किनबेच भएको छ । यस दिन कारोबार रकम भने १ अर्ब ६५ करोड ४५ लाख ६१ हजार ४७३ रुपैयाँ बराबरको भएको छ । बिहीबार सबै उपसमूहको सेयर मूल्य घट्यो । जसमा सबैभन्दा धेरै गुमाउने उपसमूह जलविद्युत रहृयो ।

बिहीबार जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढ्यो । उक्त कम्पनीको मूल्य १५२०.६० रुपैयाँ पुगेको छ । एनआईसी एसिया सेलेक्ट फण्ड, आरएमडीसी लघुवित्त, कालिका पावर कम्पनीसहितका कम्पनीको मूल्य केही बढ्यो ।

धेरै घट्ने कम्पनीको पहिलो सूचिमा घमेली हाइड्रो रहृयो । यो कम्पनीको मूल्य ६.८६ प्रतिशत घटेर २१३.२० रुपैयाँमा झरेको छ । सूर्य लाइफ इन्स्योरेन्स लगानीकर्ताको सबैभन्दा आकर्षणमा रह्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?