+
+

मतपत्र छाप्ने काम सकियो, २३ वैशाखसम्म सबै जिल्लामा मतपत्र पुग्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २२ गते १७:१५

२२ वैशाख, काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि आवश्यक पर्ने मतपत्र छाप्ने काम सकिएको छ ।

बिहीबार निर्वाचन आयोगले नियमित पत्रकार सम्मेलन गरी मतपत्र छाप्ने काम सकिएको र २३ वैशाखसम्म सबै जिल्लामा मतपत्र पुर्‍याइसक्ने बताएको छ ।

पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले २३ वैशाखसम्म सबै जिल्लामा मतपत्र ढुवानी सम्पन्न हुने बताए ।

स्थानीय तह निर्वाचनका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र मतगणना कर्मचारीलाई अति जरुरी मानवीय र संवेदनशील कारण परेको अवस्थामा बाहेक खटिएका कर्मचारीलाई फेरबदल नगर्न र उपयुक्त कारण परेको अवस्थामा बाहेक कुनैपनि कर्मचारीले निर्वाचनको काममा खटिन इन्कार गरेमा प्रचलित कानून बमोजिम कडा कारबाही गर्न मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरुलाई आयोगले निर्देशन दिएको शर्माले बताए ।

मतदान कार्यमा खटिएका सम्पूर्ण कर्मचारीहरुलाई अनिवार्य रुपमा आफू खटिएका ठाउँमा अबिलम्व जान र आफूलाई तोकिएको जिम्मेवारी पूरा गर्न आयोगले निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?