+
+

हिमालयन जनरल र एभरेष्ट इन्स्यारेन्सले गरे मर्जर सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २२ गते २२:४५

२२ वैशाख, काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडबीम मर्जरमा जाने सहमति भएको छ । दुई कम्पनीहरुबीच बिहीबार १ बराबर १ सेयर स्वाप रेसियो हुने गरी मर्जर सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । यी दुई कम्पनीहरुको सम्झौता बीमा क्षेत्रमै पहिलो हो ।

यस अघि पनि बीमा कम्पनीहरु बीच मर्जरको चर्चा चले पनि सहमति पत्रमा हस्ताक्षर भने हुन सकेको थिएन । यी दुई कम्पनीहरु मर्जरको जानुको प्रमुख कारण भने बीमा समितिले ल्याएको पूँजी वृद्धिको योजना हो ।

बीमा समितिले जीवन बीमा कम्पनीहरुका लागि ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरुका लागि २ अर्ब ५० करोड रुपैयाँ पूँजी पुर्याउनु पर्ने व्यवस्था गरेको छ । पूँजी वृद्धिका लागि समितिले एक वर्षको समय दिएको छ । हाल जीवन बीमा कम्पनीहरुको २ अर्ब र निर्जिवन बीमा कम्पनीहरुको अर्ब रुपैयाँमात्रै चुक्ता पूँजी तोकिएको छ ।

मर्जर भएपछि पनि यी कम्पनीको पूँजी २ अर्ब ४२ करोड ८१ लाख रुपैयाँमात्रै पुग्ने छ । अहिले हिमालयन जनरलको चुक्ता पूँजी १ अर्ब १७ करोड ३५ लाख रुपैयाँ र एभरेष्ट इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब २५ करोड ४६ लाख रुपैयाँ छ । चालु आर्थिक वर्षको मूनाफाबाट बोनस सेयर दिए पछि भने बीमा समितिले तोके अनुसारको पूँजी पुग्नेछ ।

बीमा समितिले पूँजी वृद्धिको निर्णय गरेपछि अन्य कम्पनीहरु पनि मर्जरको विषयमा छलफल अघि बढाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?