+
+

पर्सामा बन्दुकसहित १ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २३ गते १२:२२

२३ वैशाख, वीरगञ्ज । प्रहरीले पर्साबाट १२ बोरको एक नाले घरेलु बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ । सखुवाप्रसौनी गाँउपालिका–१ औराहा बस्ने २७ वर्षीय सल्टु महतो पक्राउ परेका हुन् ।

गएराति औराहा गाउँकै मंगलबहादुर भ्लोनको घरबाहिर गोली चलेको घटनामा उनको संलग्नता देखिएको प्रहरीले जनाएको छ । गएराति ९ः२० मा बन्दुक पड्किंदा स्थानीय आतंकित भएका थिए । भ्लोनको घरको पश्चिमपट्टि बाँसको टाटीमा माटोले लिपेर बनाएको धानको बेरा राखिएको थियो । बेराबाट गोली प्रवेश गरी घरमा राखिएको चामलको बोराभित्र १ राउण्ड गोली फेला परेको थियो ।

अनुसन्धानको क्रममा घटनामा सल्टुको संलग्नता खुलेपछि शुक्रबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानाकरी दिए । महतोको घरनजिकै खाली जमिनको नालीमा लुकाएर राखिएको १२ बोरको १ नाले घरेलु बन्दुक समेत बरामद भएको उनले बताए ।

बिहान साढे ९ बजे गाउँबाट प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । उनी विरुद्ध हातहतियार तथा खरखजाना सम्बन्धी कसूरमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । प्रहरी स्रोतका अनुसार अत्याधिक मादक पदार्थ सेवन गरेका उनले धाक देखाउन बन्दुक चलाएका थिए । गोली चलेको भएपनि मानवीय क्षति भने भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?