+
+

‘लाइफ इन एलए’को गीतमा रोमान्टिक अकेशा र बिस्सु

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २५ गते १२:२२

काठमाडौं । सूर्य एन श्रेष्ठ निर्देशित फिल्म ‘लाइफ इन एलए’को नयाँ गीत ‘उदाएर आयौ तिमी’ सार्वजनिक भएको छ ।

जेठ ६ गतेदेखि प्रदर्शनमा आउने फिल्मको गीत शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा सार्वजनिक गरियो । फिल्ममा दुई मुख्य कलाकार अकेशा विष्ट र ब्यास बिस्सु फिचर्ड छन् ।

प्रविशा अधिकारी र प्रताप दासको स्वर रहेको गीतमा प्रतीक पौडेलको संगीत छ । गीत रिलिज कार्यक्रममा कलाकारहरु शिल्पा मास्के, निलम चन्द र लोकन्द्र लेखकको उपस्थिति थियो ।

त्रिकोणात्मक प्रेमकथा पेश गर्ने फिल्ममा गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, नीलम चन्दसहित अमेरिकी कलाकारको समेत अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?