+
+

निमावि तह शिक्षकको नतिजा सार्वजनिक, ११ असारमा विषयगत परीक्षा

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २५ गते १३:४६

२५ वैशाख, काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यामिक तहको शिक्षक पदको नतिजा सार्वजनिक गरेको छ । आयोगले सार्वजनिक गरेको नतिजा अनुसार ७६ हजार ८०६ सहभागी परीक्षार्थी मध्ये २० हजार ९८२ जना उत्तीर्ण भएका छन् ।

प्रदेश १ मा १९ हजार २० सहभागी मध्ये ५ हजार १८२ जना, मधेश प्रदेशमा पाँच हजार ८५३ मध्ये १ हजार ११ जना, बागमती प्रदेशमा ११ हजार ५२६ सहभागी मध्ये तीन हजार ५७७ जना उत्तीर्ण भएका छन् ।

यसैगरी गण्डकी प्रदेशमा १४ हजार २०६ जना मध्ये चार हजार ३४१ जना, लुम्बिनी प्रदेशमा ११ हजार ८४४ मध्ये ३ हजार ३६१ ज्ना, कर्णाली प्रदेशमा चार हजार ६८८ मध्ये १ हजार ६९ जना र सुदुरपश्चिम प्रदेशमा ९ हजार ६६९ मध्ये दुई हजार ४४१ जना उत्तीर्ण भएका छन् ।

आयोगले गत १७ चैतमा २ हजार ५९८ रिक्त पदको लागि सामान्य तर्फको परीक्षा सञ्चालन गरेको थियो ।

आयोगले नतिजामा चित्त नबुझी पुनर्योग गर्न चाहने उम्मेदवारले ३ जेठसम्म कार्यलय समयभित्र आयोगले तोकेको कागजात सहित आवेदन दिन सकिने जनाएको छ ।

११ असारमा विषयगत परीक्षा

सामान्यतर्फको परीक्षामा उत्तीर्ण भएकाहरुका लागि ११ असारमा परीक्षा सञ्चालन हुने भएको छ । आयोगले प्रदेशगत रुपमा परीक्षा केन्द्र रहने जिल्ला समेत तोकेको छ ।

प्रदेश १ का लागि मोरङ, मधेश प्रदेशका लागि धनुषा, बागमती प्रदेशका लागि मकवानपुर, गण्डकी प्रदेशका लागि कास्की, लुम्बिनी प्रदेशका लागि रुपन्देही, कर्णाली प्रदेशका लागि सुर्खेत र सुदूरपश्चिमका लागि कैलाली जिल्लामा परीक्षा सञ्चालन हुने आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?