+
+

फरहान अख्तर अब हलिउडमा, मार्भल सिरिज ‘मिस मार्भल’मा अभिनय गर्दै

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २५ गते १३:४६

काठमाडौं । बलिउड अभिनेता फरहान अख्तरले पनि हलिउड डेब्यु गर्ने निश्चित भएको छ । मार्भल स्टुडियो र डिज्ने प्लसको आगामी सिरिज ‘मिस मार्भल’मा अख्तरले अभिनय गर्ने पक्का भएको डेडलाइन हलिउडले जनाएको छ ।

फिल्ममा फरहानको भूमिकालाई लिएर थप नखुलाइए पनि उनको विशेष रोल हुने जनाइएको छ । यो सिरिजमा अरामिसा नाइट, सागर शेख, ऋष शाह, जेनोबिया श्राफ, मोहन कपुर, म्याट लिन्ट्जको समेत मुख्य भूमिका हुने जनाइएको छ ।

मार्भलको यो प्रोजेक्टमा हुने फरहानको सम्भावित अभिनयलाई लिएर महत्वका साथ लिइएको छ । आगामी ८ जुनमा मिस मार्भल प्रिमियर हुने तयारीमा छ ।

यतिबेला फरहान तीन बलिउड अभिनेत्रीहरु प्रियंका चोपडा, क्याटरिना कैफ र आलिया भट्टको मुख्य भूमिका रहने फिल्म ‘जि ले जरा’लाई निर्देशन गरिरहेका छन् । साथै उनको कम्पनी एक्सेल इन्टरटनेमेन्ट र रितेश सिधवानीले नेटफ्लिक्ससँग मिलेर काम गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?