+
+

एमालेलाई कांग्रेसको प्रश्नः उत्तरबाट रेल ल्याउने भनेको, आयो ?

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २६ गते १२:०६

२६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले एमालेसँग अघिल्लो चुनावमा गरेका वाचाहरू पूरा नगरेको आरोप लगाएको छ ।

सोमबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता प्रकाश शरण महतले केपी ओलीले गरेको वाचाहरूको फेहरिस्त लामो हुने भन्दै कुराले मात्रै देश नबन्ने बताए । ‘उहाँ त कुरा गर्नुहुन्छ । कुराको लामो फेहरिस्त छ उहाँको,’ प्रवक्ता महतले भने, ‘पानीजहाज ल्याउने । पानीजहाजको कार्यालय त खुल्यो । उहाँका ठूलठूला तस्वीर काठमाडौंको सडकमा फूल साइजमा त लगाइए । तर, पानी जहाज आयो ? पानीजहाज त कलकत्तामै छ ।’

उनले पुनः प्रश्न गरे, ‘रेल आयो ? उत्तरबाट रेल ल्याउने भनेको होइन ? रेल ल्याउनु त कता हो कता सर्वेक्षण लाइसेन्सको सम्झौता पनि शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि अस्ती चिनियाँ विदेशमन्त्री आउँदाखेरी भयो ।’

महतले भने, ‘सर्वेक्षणको सम्झौतासम्म उहाँले गर्न सक्नु भएको रहेनछ । अब रेल ल्याउने कुरा उहाँ गर्नुहुन्छ ।’

कुरा गर्न सजिलो भए पनि काम गर्नका लागि भिजन र इमान चाहिने तर, एमालेसँग यी केही पनि नभएको बताए । ‘झुठोमाथि झुठो । ग्याँस पाइपलाइन जोड्ने घरघरै भनेर समेत भने । कुराले त जे पनि जोडिन्छ । चन्द्रमा नै पुगिन्छ । कल्पनामा त पुगिन्छ । उद्देश्य के लिनु उडु छुनु चन्द्र । तर, साँच्चिकै पुग्नलाई त कति मिहिनेत पर्छ । त्यसै हुन्छ ?’ उनले प्रश्न गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?