+
+

हिमा गाउँपालिकाको टेलिफोन सेवा सञ्चालन

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २६ गते १३:२०

२६ वैशाख, जुम्ला । हिमा गाउँपालिकामा दश दिनदेखि अवरुद्ध भएको टेलिफोन सेवा सञ्चालनमा आएको छ । टेलिफोन सेवा सञ्चालनमा आएको नेपाल टेलिकम जुम्लाका प्रमुख रामचन्द्र श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार हिमा रहेको टेलिफोन टावरको हर्न भन्ने सामग्री क्षति भएपछि काठमाडौंबाट सामग्री ल्याएर जोडिएको छ ।

प्रमुख श्रेष्ठका अनुसार अहिले त्यहाँ क्षमता बढाइएको छ । आजदेखि प्रभावकारी रुपमा टेलिफोन लागेको छ । एक पटकमा त्यस क्षेत्रमा ८० जनाले चलाउने क्षमता थियो भने अब दोब्बर भएको छ ।

हिमा गाउँपालिका निर्वाचन अधिकृत रितु राईका अनुसार टेलिफोन आएपछि काममा सजिलो हुने भएको छ । टेलिफोन विहिन हुदा निर्वाचनकै नजिक कसरी काम गर्ने डर थियो ।

हिमामा टेलिफोन सञ्चालन भएको प्रमुख जिल्ला अधिकारीलाई समेत जानकारी दिएको बताए । उनले टेलिफोन लामो समय नबन्दा निर्वाचनमा कठिन हुने भन्दै निर्वाचन आयोगलाई समेत पत्र पठाउने तयारी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?