+
+

दोहोरो अंकले बढ्यो सेयर बजार

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २६ गते १५:२७

२५ वैशाख, काठमाडौं । साताको दोस्रो दिन सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । परिसूचक १२.२७ अर्थात ०.५४ प्रतिशतले बढेर २२ सय ६८.८४ अंकमा पुगेको छ ।

सोमबारको कारोबारमा आएका १३ उपसमूहमध्ये ९ उपसमूहमा हरियाली छाउँदा ४ उपसमूह भने राताम्मे रहृयो । बजारमा कुल कारोबार रकम एक अर्ब ३९ करोडमै सीमित भए पनि अधिकांश कम्पनीको सेेयर मूल्य भने बढेको छ ।

आज २२२ कम्पनीको सेयर दोस्रो बजारमा खरिद बिक्री हुँदा ११४ कम्पनीको सेयर मूल्य बढेको छ भने ७१ कम्पनीको सेयर मूल्य घटेको नेप्सेले जनाएको छ ।

आज एक कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लाग्यो भने थप ६ कम्पनीको सेयर मूल्य ५ प्रपितशत भन्दाबढीले वृद्धि भयो । आज जलपा सामुदायिक लघुवित्त कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको थियो ।

यस्तै माहुली लघुवित्तको शेयर मूलय ७.७७ प्रतिशतले बढ्यो । दोस्रो बजारमा हिमालयन ऊर्जा विकास कम्पनी र स्वरोजगार लघुवित्त लगायतका कम्पनी लगानीकर्ताले भने बजारबाट गुमाउन पुगे । आज यी कम्पनीको सेयर मूल्य ३ प्रतिशत भन्दा धेरैले घटेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?