+
+

डेढ लाख उम्मेदवारको विवरणसहित अनलाइनखबरको इलेक्सन पोर्टल सार्वजनिक

अनलाइनखबर डटकमले स्थानीय निर्वाचन २०७९ सम्बन्धी विशेष ‘डाटा पोर्टल’ सार्वजनिक गरेको छ । देशभरका ७५३ स्थानीय तहमा प्रतिस्पर्धा गरिरहेका झण्डै डेढ लाख उम्मेदवारको विवरण यो पोर्टलमा समावेश छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २६ गते १८:१६

२६ वैशाख, काठमाडौं । अनलाइनखबर डटकमले स्थानीय निर्वाचन २०७९ सम्बन्धी विशेष ‘डाटा पोर्टल’ सार्वजनिक गरेको छ ।

देशभरका ७५३ स्थानीय तहमा प्रतिस्पर्धा गरिरहेका झण्डै डेढ लाख उम्मेदवारको विवरण यो पोर्टलमा समावेश छ । उम्मेदवारहरुको सूचीमा राजनीतिक दल, चुनाव चिह्न, उमेरसहितको जानकारी समावेश छ । ‘डाटा पोर्टल’ मा चुनावमा सहभागी राजनीतिक दलहरुको प्रोफाइल, चुनाव चिह्न र अघिल्लो चुनावमा प्राप्त गरेको मत लगायतका विवरण समावेश छन् ।

‘डाटा पोर्टल’ मा अन्तर्क्रियात्मक नक्सामार्फत् ७५३ वटै स्थानीय तहको निर्वाचन विवरण हेर्न सकिने छ, जहाँ स्थानीय तहको जनसंख्या, कुल मतदाता संख्या, मतदान केन्द्र, पुरुष र महिला मतदाताको संख्या लगायतका तथ्याङ्क समावेश छन् । यस्तै महानगर र उपमहानगरपालिकाका वडा तहसम्मका उम्मेदवारहरुको विवरण समावेश छ ।

यसपटकको स्थानीय तह निर्वाचनको उम्मेदवारीमा देखिएका मुख्य प्रवृत्तिहरुको विश्लेषण बार, डायग्राम, पाइचार्ट लगायतका डाटा ‘भिजुअलाइजेसन’ प्रयोग गरी सहजै बुझ्ने गरी तथ्य र तथ्याङ्कहरुलाई प्रस्तुत गरिएको छ ।

‘इलेक्सन पोर्टल २०७९’ मा यस पटकको चुनावी जानकारी मात्रै होइन कि पाँच बर्ष अगाडि सम्पन्न स्थानीय चुनावका उम्मेदवारको मत परिणाम पनि समावेश छ ।

‘हामी हाम्रा पाठकलाई सुसूचित गर्छौं र निर्वाचनमा मतदाताले लिने विवेकसम्मत निर्णयको सम्मान गर्छौं’, अनलाइनखबरका प्रधान सम्पादक शिव गाउँलेले भने, ‘सूसूचित समाजले नै मौकामा ठूलठूला निर्णयहरु लिनसक्छ भन्ने हाम्रै इतिहासले पनि स्पष्ट गरेको छ । ‘इलेक्सन पोर्टल’ मार्फत स्थानीय तह निवार्चनसम्बन्धी सम्पूर्ण सूचनाहरु एकै ठाउँमा उपलब्ध गराएर हामी हाम्रा पाठकलाई अर्को गतिलो निर्णय लिन सघाउँदै छौं ।’

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?