+
+

दूषित खाद्यवस्तु उत्पादन र विक्री गर्ने ६४ उद्योगविरुद्ध मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २६ गते १८:५४

२६ वैशाख, काठमाडौं । दूषित र न्यून गुणस्तरको खाद्य वस्तु उत्पादन र बिक्री वितरण गरेको आरोपमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ६४ उद्योगविरुद्ध मुद्दा दायर गरेको छ ।

विभागमा परेको उजुरी र विभागले गरेको अनुगमन क्रममा खाद्य ऐन र नियम विपरीत खाद्य वस्तु उत्पादन र बिक्री गर्ने कम्पनी विरुद्ध मुद्दा दायर गरिएको विभाग प्रवक्ता एवम् वरिष्ठ खाद्य अनुसन्धान अधिकृत मोहन कृष्ण महर्जनले जानकारी दिए ।

मुद्दा दायर भएकामध्ये सबैभन्दा बढी दूध तथा दूग्धजन्य पदार्थ र खाद्यान्न तथा दलहनका उद्योगहरु छन् । चालु आवको चैत मसान्तसम्म दूध तथा दूग्धजन्य पदार्थका १३ र खाद्यान्न तथा दलहनका १३ गरी २६ वटा उद्योग विरुद्ध मुद्दा दायर गरिएको छ ।

यस्तै पिउने पानी र दाना पदार्थको ९-९ वटा उद्योग विरुद्ध पनि विभागले काठमाडौं जिल्ला प्रशासन कार्यालय र जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ । यस्तै ससका ५, चियाको ४, मसलाको ५ र खाद्य तेलका २ वटा उद्योग विरुद्ध मुद्धा दायर गरिएको प्रवक्ता मर्हजनले जानकारी दिए ।

विभागले ९ महिनाको अवधिमा २ हजार ६ सय ७१ नमूना संकलन गरेर आफ्नो प्रयोगशालामा परिक्षण गरेको थियो । मुद्दा दायर भएकामध्ये २६ वटा मुद्दाहरु दूषित उत्पादनका छन् भने २० वटा मुद्धाहरु उत्पादीत वस्तुको लेवलसंग सम्बन्धित छन् । न्युन गुणस्तर भएका १४ थान मुद्दा दायर गरिएको छ भने खाद्य ऐन विपरीतका ४ वटा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?