+
+

आईएनजीओबाट सञ्चालित दिदीबहिनीसँग माफी मागें : स्थापित

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २७ गते १७:१८

२७ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले आफ्नो अभिव्यक्तिबाट पुग्न गएको चोटप्रति माफी मागेका छन् ।

मंगलबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उनले केही गल्ती हुँदा क्षमा माग्न पाइने संस्कार आफूहरूमा भएको भन्दै ‘आईएनजीओबाट सञ्चालित दिदीबहिनी’सँग माफी मागेको बताए ।

‘मैले सबैलाई दिदी, आमा भन्न पाउँछु । केही महिला दिदीबहिनीले नेपाली बुझ्दैनन्’ उनले भने, ‘आईएनजीओबाट सञ्चालित दिदी बहिनीलाई पनि माफी मागें।’

उनले चुनावको समयमा आफूमाथि हमला भएको हुनसक्ने भन्दै आफ्नो अभिव्यक्ति र लेखाइबाट कसैलाई चोट पुगेको भए माफी चाहेको बताए ।

‘यो चुनावी युद्धमा चुनावी हतियार प्रयोग गरिन्छ, मिसाइल प्रयोग हुन्छ । हामीमाथि हमला होला’ उनले भने, ‘अझ जीउ फुलाएर पनि देखाउनुपर्छ । म नाचे पनि हुँला, तिक्त भाषा पनि बोले हुँला, मेरो वाणीले कसैलाई दुःख परेछ भने माफ पाऊँ ।’

उम्मेदवार स्थापितले मेयर हुने मान्छेले माफी माग्न जान्नुपर्ने भन्दै आफ्नो हाउभाउ र लेखनले दुःख भएको भए पनि माफी चाहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?