+
+

आफूमाथि आक्रमण भएको इशनाथका मेयर उम्मेदवार मेहताको दावी

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २९ गते १५:३७

२८ वैशाख, रौतहट । रौतहटको इशनाथ नगरपालिकामा नेकपा एमालेबाट मेयर उम्मेदवार सन्तोष मेहताले आफूमाथि आक्रमण भएको दावी गरेका छन् ।

आफन्तको बिहे भोजमा सहभागी भएर फर्कदै गर्दै प्रहरी प्रशासनकै मिलेमतोमा आक्रमण भएको उनले आरोप लगाए ।

‘आफन्तको बिहे भोजबाट फर्कदै गर्दा असई सञ्जय कुर्मीले फोन गरेर पल्टुवा बजारमा बोलाए’, मेहताले भने, ‘म त्यहाँ पुग्ने बित्तिक कुर्मीले गाडीको चाबी खोसे, लगत्तै त्यहाँ सय भन्दा बढी कार्यकर्ता लिएर कांग्रेसकी उम्मेदवार अन्जु झा आइन् ।’

आफूलाई कांग्रेस समर्थकले आक्रमण गरे पनि प्रहरी मुकदर्शक बनेको उनको आरोप छ ।

उनले घटनाका बारेमा अनुसन्धान गरेर कारवाही गर्न माग गरेका छन् । ‘मलाई फोन गरेर बोलाउने प्रहरी अधिकारी र आक्रमणमा सामेल रहेका सबैलाई कानूनी कारवाही हुनुपर्छ,’ मेहताले पत्रकार सम्मेलनमा भने ।

तर प्रहरीले भने घटनाका बारेमा जानकारी आए पश्चात घटनास्थलमा पुगेर सुरक्षितरुपमा मेहतालाई घर पुर्‍याएको दावी गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका उपरीक्षक विनोद घिमिरेले भने, ‘राति उनलाई स्थानीय बासिन्दाले घेरेपछि प्रहरीले सुरक्षित रुपमा उनलाई घर पठाएको हो ।’

प्रहरीमाथि लगाएको आरोपको बारेमा छानबिन हुने र घटनाका बारेमा पनि अनुसन्धान हुने उपरीक्षक घिमिरेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?