+
+

दोलखामा मतदाता परिचयपत्र खोसेको आरोपमा निवर्तमान वडाध्यक्ष पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २९ गते १६:४४

२९ वैशाख, काठमाडौं । दोलखाको तामाकोशी गाउँपालिका–१ मा निवर्तमान वडाध्यक्ष महेश्वर काफ्ले मतदाता परिचय पत्र खोसेको आरोपमा पक्राउ परेका छन् ।

बुधबार वडा नम्बर १ को वडा कार्यालय भवनस्थित मतदान स्थलमा कर्मचारीको हातबाट १२५ वटा मतदाता परिचयपत्र खोसेर लगेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

काफ्लेले मतदानस्थलमा खटिएका सहायक कर्मचारी हरिशरण भट्टराईको हातबाट मतदाता परिचयपत्र खोसेर लगेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा निर्वाचन आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले बताए ।

उनका अनुसार काफ्लेलाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय दोलखामा बुझाएको थियो । काफ्लेविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन कसूर अन्तर्गत कारबाही चलाएको अर्यालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?