+
+

निर्धक्कसँग मतदान गर्नुस् : प्रधानमन्त्री देउवा

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २९ गते २०:२९

२९ वैशाख, काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा निर्धक्कसँग मतदान गर्न आग्रह गरेका छन् ।

बिहीबार साँझ एक भिडियो सन्देशमार्फत उनले निर्धक्कसँग मताधिकार प्रयोग गर्न मतदातालाई आग्रह गरेका हुन् ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्‍न गर्न सरकारले सम्पूर्ण व्‍यवस्थापन चुस्त दुरुस्त बनाएको प्रधानमन्त्री देउवाले बताए ।

‘स्थानीय तहदेखि नै लोकतान्त्रिक अभ्यासमा सहभागी भई लोकतान्त्रिक शासन पद्धतिको स‌ंस्थागत विकासमा योगदान पुर्‍याउन हुन म सबैमा अनुरोध गर्दछु’ प्रधानमन्त्रीले भिडियो सन्देशमा भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?