+
+

काठमाडौंका सडक आज बिहानैदेखि सुनसान

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३० गते ६:२९

३० वैशाख, काठमाडौं । आज स्थानीय तह निर्वाचनको दिन काठमाडौं उपत्यकाका सडकहरु बिहानैदेखि सुनसान छन् । निर्वाचन आयोगबाट अनुमति प्राप्त सवारी साधन बाहेकका अन्य सवारी साधनहरु चलाउन निषेध गरिएकाले सडकहरु सुनसान भएका हुन् ।

सरकारले आज बिहान ६ बजेदेखि मतदान सम्पन्न नहुन्जेलसम्मका लागि सवारी साधन चलाउन रोक लगाएको छ । मतदान आज बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म चल्ने छ ।

सडकमा निर्वाचनको सुरक्षाका लागि सेना, सशस्त्र र नेपाल प्रहरीको टोली खटिएका छन् । सडकहरुमा सुरक्षाकर्मीले पेट्रोलिङ, गस्ती गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?