+
+

भोट हाल्न मतदाताहरु बिहानैदेखि लाइनमा

नवीन ढुंगाना/शंकर गिरी नवीन ढुंगाना/शंकर गिरी
२०७९ वैशाख ३० गते ६:३९

३० वैशाख, काठमाडौं । स्थानीय तह निर्वाचनमा मतदान गर्न मतदाताहरु बिहानैदेखि लाइनमा बसेका छन् । मतदान बिहान ७ बजेदेखि सुरु हुने भए पनि मतदाताहरु त्योभन्दा अगाडिदेखि नै लाइनमा बसिरहेका छन् ।

नागार्जुन नगरपालिका ८ भिमढुंगास्थित बालबोध मावि मतदान केन्द्रमा मतदाताहरु मतदान सुरुभन्दा अगाडिदेखि नै लाइनमा बसिरहेको देखिएको छ ।

आज बिहानको समयमा मौसम सफा देखिएकाले यही मौकामा छिटै मतदान सक्ने र नियमित काममा फर्किनका लागि छिट्टै आएर लाइनमा बसेको मतदाताहरुले बताएका छन् ।

काठमाडौं पश्चिम उत्तरमा रहेकाे नाका भिमढुंगामा मतदानको तयारी पूरा भएको मतदान अधिकृत प्रमिमा ज्ञावालीले जानकारी दिइन् । सुरक्षाकर्मी र कर्मचारी बुथ, लाइन र अन्य प्रवन्धमा खटिएका छन् ।

बिहान माैसम शीतल भएका कारण युवादेखि अशक्त र ज्येष्ठ नागरिकहरु मतदानको लाइनमा बसिसकेका छन् । ६:३० बजेसम्म २ सय हाराहारी मतदाता दुईवटा लाइनमा बसेका छन् । दलका प्रतिनिधि र स्वयंसेवक पनि मतदातालाई सहयाेगका लागि खटिएका छन् ।

बालबाेध मावि केन्द्रमा ३ वटा बुथ छन् । बुथ ‘क’ मा ७८४, ‘ख’ मा ८१२ र ‘ग’ मा ८१४ गरी कुल २ हजार ४१०  मतदाता छन् ।

सुरक्षा कमाण्ड इन्सपेक्टर मनिसा बुढाथोकीले सम्हालेकी छन् । पहिलो घेरामा जनपथ र म्यादी गरी १६ सुरक्षाकर्मी तथा बाहिरी घेरामा सशस्त्र प्रहरी र नेपाली सेना खटिएका छन् ।

मतदानका लागि १५ कर्मचारीहरू खटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?