+
+

सुर्खेतमा ११ बजेसम्म २५ प्रतिशत मत खस्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३० गते ११:४२

३० वैशाख, सुर्खेत । स्थानीय तहका लागि भइरहेको निर्वाचनमा सुर्खेतमा बिहान ११ बजेसम्म  २५ प्रतिशत मत खसेको छ ।

मुख्य निर्वाचन अधिकृत दुर्गाप्रसाद चालिसेका अनुसार जिल्लाभर शान्त र भयरहित वातावरणमा मतदान भइरहेकाे छ ।

बिहान ७ बजेदेखि ११ बजेसम्म २५ प्रतिशतको हाराहारीमा मत खसेको उनको भनाइ छ । ‘रिपोर्ट लिने काम जारी छ, ११ बजेसम्म २५  प्रतिशत मतदान भएको जानकारी आएकाे छ,’ उनले भने  ।

जिल्लामा कुल २९१ मतदान केन्द्र छन् । यसका लागि १०४५ जना कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृत चालिसेले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?