+
+

गोरखाको बारपाक सुलीकोटको कोटथोकमा मतदान रोकियो

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३० गते १५:३७

३० वैशाख, गोरखा । बारपाक सुलीकोट गाउँपालिका–६ स्थित माइकोट माध्यमिक विद्यालय कोटथोक मतदान केन्द्र ‘क’ मा मतदान रोकिएको छ ।

उक्त केन्द्रमा खटिएका कर्मचारी सञ्जीव थापाले अन्य मतदान केन्द्रमा भोट हालेर आएको भन्दै नेपाली कांग्रेसका कार्यकर्ताले विरोध जनाएपछि मतदान रोकिएको मतदान केन्द्र ‘ख’ का मतदान अधिकृत रामशरण नेपालीले बताए ।

‘क मतदान केन्द्रमा खटिनुभएका कर्मचारी सञ्जीव थापाले बिहान वडा नम्वर ५ आरुखर्कस्थित चन्द्रकला माविमा भोट हालेर आउनुभएछ’ उनले भने, ‘त्यो कुरा थाहा पाएपछि कांग्रेस कार्यकर्ताले मतदान रोकेका हुन् ।’

दिउँसो दुई बजेबाट मतदान रोकिएको उनले बताए । उनका अनुसार थापालाई स्कर्टिङ गरेर गाउँपालिकाको निर्वाचन अधिकृतको कार्यालयमा लगिएको छ । मतदान सुचारु गर्नका लागि आवश्यक समन्वय र छलफल भइरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?