+
+

१७ स्थानीय तहका ४४ मतदान केन्द्रमा मतदान स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३० गते २०:०१

३० वैशाख, काठमाडौं । शुक्रबार भएको स्थानीय तह निर्वाचनमा १४ जिल्लाका १७ स्थानीय तहका २८ मतदान स्थालका ४४ मतदान केन्द्रमा मतदान स्थगित भएको छ ।

निर्वाचन आयोगका अनुसार राजनीतिक दल तथा उम्मेदवारबीचमा भएको सानातिना विवाद झाँगिदै गई उग्र रुप लिएपछि मतदान स्थगित गरिएको हो ।

स्थगित भएको मतदान केन्द्रमा सम्बन्धित निर्वाचन अधिकृतसँग समन्वय गरेर छिटै मतदानको व्यवस्था गरिने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए ।

त्यहाँ मतदान भएपछि मात्र मतगणना सुरु हुनेछ । उनका अनुसार हिमाली र दुर्गम जिल्लामा शनिबारदेखि हेलिकप्टरको माध्यमबाट मतपेटिका ओसार्न सुरु गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?