+
+

काठमाडौंमा मतगणना तत्काल सुरु नहुने

निर्वाचनका अधिकारी भन्छन् : सर्वदलीय निर्णयपछि मात्र सुरु हुन्छ

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३० गते २२:४७

३० वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना सुरु हुन अझै केही समय लाग्ने देखिएको छ ।

मतपेटिका संकलनको काम भइरहेको र सर्वदलीय बैठक नै नबसेका कारण तत्कालै मतगणना सुरु हुने अवस्था नरहेको जिल्ला निर्वाचन कार्यालय काठमाडौंका प्रमुख ठाकुरप्रसाद भट्टराईले बताए ।

‘हामी बाकस बुझ्ने क्रममै छौं, सर्वदलीय बैठक पनि बसेको छैन’ उनले भने, ‘ सर्वदलीय बैठकले जतिबेला देखि गणना सुरु हुन्छ भनेर निर्णय गर्छ, त्यतिबेलैदेखि मतगणना सुरु हुन्छ ।’

५०/६० वटा मतपेटिका बुझ्न बाँकी रहेको र ती मतपेटिका बुझेपछि सर्वदलीय बैठक बस्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यसपछि सर्वदलीय बैठकमा भएको सहमति अनुसार मतगणना सुरु गर्ने जिल्ला निर्वचन अधिकारी भट्टराईले बताए ।

हेर्नुहोस् राष्ट्रियसभा गृहमा भइरहेको मतपेटिका संकलनको तस्वीर 

तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?