+
+

मिक्लाजुङ र ग्रामथानमा कांग्रेस, उर्लाबारी र कानेपोखरीमा एमाले अगाडि

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३१ गते ९:१०

३१ वैशाख, विराटनगर । मोरङको कानेपोखरी  गाउँपालिका र उर्लाबारी नगरपालिकामा एमालेले अग्रता लिएको छ । ग्रामथान र मिक्लाजुङ गाउँपालिकामा भने नेपाली कांग्रेसले अग्रता लिएको छ ।

प्रारम्भिक मतपरिणाम अनुसार ग्रामथानको अध्यक्षमा कांग्रेसका जयप्रकाश गच्छदार थारुले ८७ र एमालेका शिवनारायण माझी थारुले ५४ मत ल्याएका छन् । उपाध्यक्षमा कांग्रेसकी भुखनीकुमारी थारुले ६८ र एमालेकी गुणवतीदेवी थारुले ६४ मत ल्याएका छन् ।

मिक्लाजुङको अध्यक्षमा कांग्रेसका बबिकुमार राईले १०५ र एमालेका नरेन्द्रप्रसाद ढुंगेलले ७९ मत ल्याएका छन् । उपाध्यक्षमा माओवादीका दिनेश पौडेलले ७२ र एमालेकी निर्मला राईले २४ मत ल्याएका छन् ।

मोरङको कानेपोखरी गाउँपालिकामा २ हजार ४०० मत गणना गर्दा एमालेले अग्रता लिएको छ । एमाले उम्मेदवार राजमति इङनामले ९६७, कांग्रेस उम्मेदवार सञ्जय भट्टराईले ६०७ र माओवादी उम्मेदवार सूर्यबहादुर धिमालले ४३२ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा एमालेका भोला अधिकारीले १०२४, कांग्रेसकी मनु गुरुङले ७४८ र माओवादीकी तारा ओझाले ६६८ मत प्राप्त गरेका छन् ।

उर्लाबारीमा दुई सय मत गणना गर्दा एमाले उम्मेदवार गंगा खरेलले ६७, कांग्रेस उम्मेदवार खड्ग फागोले ३२ र नेकपा एकीकृत समाजवादीका उम्मेदवार मानबहादुर श्रेष्ठले ५६ मत प्राप्त गरेका छन् । उपमेयरमा एमाले उम्मेदवार मिना खतिवडाले ६८, काग्रेस उम्मेदवार सीता कार्कीले ३५ र माओवादी उम्मेदवार टीकाकुमारी भट्टराईले २४ मत प्राप्त गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?